ओमान / प्रवासी नेपाली मञ्च ओमानको अध्यक्षमा रन्जित आचार्य तथा सचीवमा महेश न्यौपाने निर्वाचित हुनुभएको छ । अगस्ट १२, २०२२ शुक्रबारको दिन राजधानी मस्कटस्थित गोब्रा होटल अल रिफमा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले उहाँहरूसहितको केन्द्रीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रामहरि गिरि,सह सचिबमा खगेन्द्र रिजाल,अनु पौडेल, सहित १७ सदस्यीय चयन हुनुभएको छ ।
त्यस्तै राष्ट्रिय लेखा परिक्षण कमिटीको अध्यक्षमा विष्णु चौलागाईंको नेतृत्वमा ५ सदस्यीय समिति चयन हुनु भएको छ ।

नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य युवा नेता महेश बस्नेत प्रमुख अतिथि रहेको थियो भने
नेपाली दूतावास ओमनका द्वितीय सचिव सोमेस थापा विशिस्ट अतिथि रहनु भएको थियो ।
अन्य विशिस्ट अतिथिहरु गैरआवासीय नेपाली संघ उपाध्यक्ष डिबि क्षेत्री, गैरआवासीय सोसल क्लबका अध्यक्ष बिकल झा, समाज सेवि दिपक श्रेष्ठ साथै अतिथिहरुमा नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष उमेश विक, जन सम्पर्क समितीका नवीन पंगेनी, नेपाली एकता समाजका छविलाल बस्नेत, अन्य ओमानका सक्रिय सङ्गठनका प्रतिनिधि, जातीय, क्षेत्रीय सामाजिक संस्थाका प्रतिनिधिहरू अतिथि रहनुभएको तेस्रो राष्ट्रिय अधिवेशनको कार्यक्रम अध्यक्ष सोम कृष्ण श्रेष्ठ हुनुहुन्थ्यो ।
समाज परिवर्तनका लागि आहुती दिने सहिदको सम्मानमा एक मिनेट मौनधारण, राष्ट्रियगान वाचनसँगै कार्यक्रम अध्यक्ष साथै प्रमुख अतिथिबाट दीप प्रज्ज्वलन गरी अघी बढेको अधिवेशन कार्यक्रममा उपस्थित अतिथिकाहरु आ आफ्न बिचार सहित कार्यक्रम सफलता शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव महेश न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल बाट आउनु भएका प्रमुख अतिथि नेकपा एमालेका केन्द्र सदस्य तथा युवा नेताले अहिले देशमा भएको समसामयिक राजनीतिक घटना क्रममा र यहाँका मजदुरको बारेमा बोल्नु भएको थियो । ओमान तथा खाडीमा रहेका नेपालीहरुको मागलाई आफुले सके सम्म सम्बन्धित निकाय सम्म पुराएर समस्याको समाधान गर्ने बताउनु भयो ।
एक प्रसंगमा उहाँले देशमा अब युवा नेतृत्वको आवश्यकता रहेको र अब छिट्टै युवाहरुले नेतृत्व लिनेछ्न र देश बिकासलाई तीव्रता साथ अगाडि बढाउने पनि बताउनु भयो । खाडिमा रहेका नेपाली गैरआवासीय होइनौं भनेर बहस सुरु भएको जायज रहेको टिप्पणी गर्नु भयो । साथै आगामी दिनमा गैरआवासीय नेपाली संघले बिधान परिमार्जन गर्नु पर्ने आवश्यकता औल्याउँदै, यो बहस निरन्तर चल्नु पर्ने आवस्यकता रहेको छ ।

नेपालमा अहिले चुनावी माहोल छ यहि बेलामा तपाईहरुको माग हामीलाई पठाउनु होस । हामीले सके सम्म सम्बोधन गर्ने छौ । यो बेला फलाम तातेको छ तातो फलामलाई आकार दिन सजिलो हुनेछ । किन भने सहि समयमा सहि माग आयो भने सम्बोधन गर्न सजिलो र सहज हुने बिचार व्यक्त गर्नु भयो ।
अहिले नेपालमा बिकास नै भएको छैन । भनेर निरास र हतास हुनुपर्दैन । हामिले २० वर्ष पहिला र अहिलेको नेपाल तुलना गरौ त बिकास भएको छ कि छैन । देश कहिले पनि एकै पटक बिकास हुदैन । बिकास हुन समय लाग्छ तर हामीले बिकासमा धेरै फडको मारेको छौ । यो गति आगामी दिनमा अझै बढ्ने पनि बताउनु भयो ।अन्य उपस्थित अतिथिहरुले पनि महत्त्वपूर्ण भनाई राख्नु भएको थियो ।
अधिवेशनको निमन्त्रणामा पाल्नुहुने प्रमुख अतिथि, अतिथिका , पाहुनाको स्वागत सम्मानका लागि खटिनुभएका स्वयम्सेवक तथा सम्पूर्ण समर्थक, शुभचिन्तक सहयात्री सम्पूर्णलाई एकमुष्ठ धन्यवाद दिँदै अन्तमा कार्यक्रम अध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो।