कुवेत - प्रवासी नेपाली मञ्च कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ । प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा पुनः राजकुमार थापा सर्वसम्मत निर्वाचित भएका छन ।
प्रवासी नेपाली मञ्च कुवेतको तेश्रो अधिवेशन कुवेतको फर्वानिया स्थित सेफ नौसाद रेस्टुरेन्ट मा १२ जुलाईको दिन सम्पन्न भएको हो । अधिवेशन समारोहको अध्यक्षता राजकुमार थापाले गरेका थिए भने प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी रहेका थिए ।
त्यसैगरी भर्चुअल माध्यमबाट बिशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराई, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि अध्यक्ष भक्त गुरुङ्ग, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सचिव रमेश पाण्डे, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि पचारप्रसार बिभाग प्रमुख प्रभु थापा, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सल्लाहाकार परिषद अध्यक्ष सन्जय थापा, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सदस्य तथा मध्यपुर्व इन्चार्ज चानक पोख्रेल, प्रवासी नेपाली मञ्च मध्यपुर्व कमिटि अध्यक्ष कमल गुरागाही, प्रवासी नेपाली मञ्च मध्यपुर्व कमिटि सचिव सालिकराम पन्त, प्रवासी नेपाली मञ्च मध्यपुर्व कमिटि सचिवालय सदस्य झबिन्द्र प्रसाद बन्जाडे , प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटि सदस्य तिर्थ गैातम उपस्थित रहेको थिए।
गैर आवासीय नेपाली संघ मध्यपुर्व उपसँयोजक अमित चाम्लिङ राई, गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष, रणध्वज लामा तथा बिभिन्न पार्टिका भातृ सँङ्गठनका नेता, नेपाल पत्रकार महासंघ कुवेत साथै बिभिन्न सँघ सँस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो। कार्यक्रम संचालन शंकर पैाडेलले गरेका थिए भने प्रेम कटुवालले स्वागत मन्तव्य दिएका थिए । जनसंपर्क समितिका सभापति राजेन्द्र विरहीले आफ्नो नेताले भनेका सबै भनाईमा ताली मात्र बजाएर हुँदैन त्यसलाई खण्डन पनि गर्नु पर्दछ ताकि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो पनि भनु पर्दछ । घुमाउरो पारामा सभापति विरहीले पूरानो साथीहरु देखिएन भने किन कि नेकपा एकीकृत समाजवादीका कुनै पनि प्रतिनिधि उपस्थित थिएन ।
नेपाली दुतावास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारी नेपालीहरुले काम गरिरहेको कम्पनीमा इमानदारीपूर्वक काम गर्न र कुवेतको नियम कानुनलाई सम्मान गर्दै हरेक समस्याको समाधान तर्फ लागेको बताएका छन । प्रमुख बक्ता बिदेश बिभाग प्रमुख डा. राजन भट्टराइले प्रदेशबाट नेपालको राजनैतिक भुमिका उच्च रहने बताउदै आगामी सँसदिय चुनाव केन्द्रित भुमिका निभाउन अनुरोध गरे । त्यस्तै कार्यक्रममा प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटिबाट सालिकराम पन्त , चानक पोख्रेल , तिर्थ गैातम र भक्त गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए ।
प्रवासी नेपाली मञ्च कुवेतको तेस्रो राष्ट्रिय अधिवेशनबाट सर्वसम्मत र्निवाचित पदाधिकारी तथा सदस्य यस प्रकार छ
सल्लाहाकार
शिव कोइराला
रवि बन्जाडे
अमृत गुरुङ्ग
प्रेम कटवाल
सुन ब. तामाङ्ग
राजु कार्कि
सन्तोष गुरुङ्ग
अक्कल मायाँ सुनुवार
डोल्ला तामाङ्ग
उत्तम थापा
भक्त प्रवासि
नयाँ कार्यसमिति
राजकुमार थापा = अध्यक्ष
अमृता बान्तोवा = उपाध्यक्ष
रुपेन बिक्रम हमाल =उपाध्यक्ष
शंकर पैाडेल = सचिव
बिदुर कार्कि =सहसचिव
तक बहादुर खड्का = सहसचिव
हेमन्त नगरकोटि =कोषाअध्यक्ष
सदस्यहरु :
गुलाम नवि मँन्सुर
चुडाराज भट्टराई
मनोज ढकाल
सन्त लम्साल
सन्दिप सर्मा
भुमिराज खनाल
नानुराज बराल
कमल ढकाल
भुपेन्द्र सारु मगर
कृष्ण घिमिरे
रतन गोरि
देवि परियार
बबिता बराईली
युवराज ढकाल
छबिलाल लामिछाने
गम.ब रोकाया
महमद आलमगिर अन्सारी
सिम्रन मोक्तान