Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अनेसास कुवेतको १२ औं वार्षिकोत्सव तथा काव्य प्रवाह शृङ्खला अगष्ट १९ मा हुने 

अनेसास कुवेतको १२ औं वार्षिकोत्सव तथा काव्य प्रवाह शृङ्खला अगष्ट १९ मा हुने 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • १३:३४:०१ बजे
  • 1.1K
    SHARES
  • अनेसास कुवेतको १२ औं वार्षिकोत्सव तथा काव्य प्रवाह शृङ्खला अगष्ट १९ मा हुने 

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिकोत्सव तथा काव्य प्रवाह शृङ्खला भाग -२ यही १९ अगष्टमा हुने भएको छ ।

    images

    कुवेतको जलिपस्थित पपिन्स हलमा १२ औं वार्षिकोत्सव तथा काव्य प्रवाह शृङ्खला भाग -२ नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसादको भण्डारीको प्रमुख आतिथ्यतामा गर्न लागिएको कार्यक्रम संयोजक प्रसाद तिम्सिनाले मयूरपाटीलाई जानकारी दिएका छन ।

    कुवेतमा बि. सं २०६६ सालमा "नेपाली साहित्यलाई समृध्द बनाऔं, विश्वभरका साहित्यकारहरु एक जुट होऔं " भन्ने मुल नाराका साथ स्थापन भएको अनेसास कुवेत च्याप्टरले विभिन्न साहित्यिक कार्यक्रम गर्दै आईरहेको छ । प्रवासमा रहेर पनि नेपाली साहित्य प्रति केही टेवा पुगोस र लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउने हेतुले यस्तो कार्यक्रम ल्याइएको हो । सन २०१९  मा काव्य प्रवाह शृङ्खला भाग १ गरेका थियौ । कोरोनाका कारण  लामो समय सम्म काव्य प्रवाह शृङ्खलाले निरन्तरता पाउन सकेको थिएन । अब भने यस्तो कार्यक्रमले निरन्तरता पाउने कार्यक्रम संयोजक तिम्सिनाले बताएका छन ।

    कुवेतमा रहेको नेपाली दूतावास लगायत कृयाशिल संघ संस्था, पत्रकार तथा साहित्यकारहरुलाई पत्राचार गरि सकिएको जनाउँदै यदि निमन्त्रणापत्र प्राप्त नभए पनि यसै समाचारलाइ आधार मानी १२ औं वार्षिकोत्सव तथा काव्य प्रवाह शृङ्खला भाग - २ कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्न कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लाई अनेसास कुवेतले अनुरोध गरेको छ ।

    कार्यक्रमको विवरण
    कार्यक्रमः १२ औं वार्षिकोत्सव तथा काव्य प्रवाह शृङ्खला भाग - २ ।
    स्थानः पपिन्स हल जलिप, कुवेत ।
    मितिः १९ अगष्ट २०२२ शुक्रबार ।
    समयः दिनको १ बजेदेखि ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology