Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मट्टितेल छर्की सासू र पत्नीलाई आगो, पत्नीको मृत्यु

मट्टितेल छर्की सासू र पत्नीलाई आगो, पत्नीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • १७:५५:०० बजे
  • 724
    SHARES
  • मट्टितेल छर्की सासू र पत्नीलाई आगो, पत्नीको मृत्यु

    करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ ।

    images

    जिल्लाको रामगोपालपुर नगरपालिका– ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए ।

    आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिँठ्यु जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जीउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो ।

    त्यहाँ उनीहरुको उपचार त्यहाँ सम्भव नभएपछि प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ ल्याइएकामा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए।साथै सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ ।

    यता घटनामा सम्लग्न शङ्करलाई चार दिनअघि प्रहरीले नेपाल भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएकोे जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पत्नीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology