अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरको १२ औं वार्षिकोत्सव तथा काव्य प्रवाह शृङ्खला भाग -२ भव्यरुपमा सम्पन्न भएको छ ।
कुवेतको जलिपस्थित पपिन्स हलमा १२ औं वार्षिकोत्सव तथा काव्य प्रवाह शृङ्खला भाग -२ नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसादको भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम १ बजे सुरु गर्ने भनियता पनि एक घण्टा ढिलो गरि सुरु भएको थियो । कार्यक्रममा अध्यक्ष प्रविण आचार्यको सभापतित्व रहेको थियो ।
कार्यक्रम राष्ट्रिय गान तथा पानसमा दिप प्रज्वलन गरि सुरुवात भएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, पत्रकार महासँघ कुवेतका सहसचिव हरि बानियाँ , विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अध्यक्ष प्रेम कटुवाल रहेका थिए भने अतिथिमा विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधि रहेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई गजलकार तिलाचन बस्यालले गजल बाचनबाट नै स्वागत गरेका थिए भने कार्यक्रम संचालन गोविन्दप्रसाद तिमल्सिनाले गरेका थिए ।
कार्यक्रममा नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारी, गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, पत्रकार महासँघ कुवेतका सहसचिव हरि बानियाँ , विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको अध्यक्ष प्रेम कटुवाल लगायत ले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा तिलाचन बस्याल, सिर्जना पाण्डे बद्री न्यौपाने राज श्रेष्ठले गजल वाचन गरेका थिए ।
अन्तमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरका अध्यक्षद्वारा सभा विसर्जन गर्दै मीठो गजल वाचन गरेका थिए भने कार्यक्रममा उपस्थिति सबैलाई मिष्ठान्न भोजनको व्यवस्था समेत गरिएको थियो ।