Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकैदिन २८६ जनामा कोरोना पुष्टि, ४७९ जना निको भए

एकैदिन २८६ जनामा कोरोना पुष्टि, ४७९ जना निको भए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७९ आइतवार • १९:४१:२९ बजे
  • 715
    SHARES
  • एकैदिन २८६ जनामा कोरोना पुष्टि, ४७९ जना निको भए

    पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १ हजार ८१६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २ जना र १ हजार ६०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४ जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार २८२ पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ३४८ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

    त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९२ रहेका छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ७९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # ४७९ जना निको भए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology