कुवेतमा बाराका जीवन लामाको अस्पतालमा उपचारकै क्रममा निधन भएको छ ।
बाराको सिमरा घरभई कुवेतमा कार्यरत ३१ वर्षिय लामाको २३ अगष्ट, मंगलबार कुवेतको आदान अस्पातलमा उपचारका
क्रममा निधन भएको हो ।
लामालाई ज्वरो बिग्रिएर आदन अस्पातलमा लगिएकोमा उपचारकै क्रममा मंगलबार बिहान निधन भएको हो । लामा कम्पनीबाट भागेर लुकीछिपी कुवेतमा बस्दै आएका थिए ।
नेपाली राजदूतावास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं ०९२१५८४४ का जीवन लामाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए ।
उनले भने 'मृतक लामा सन २०१७ मा कुवेत आएको देखिए पनि केही समय देखी कम्पनीबाट भागेर काम गर्दै आएको पाइएको छ ।' सिलवाल थप्छन “लामाको शब पठाउने प्रकृया शुरु गरेका छौ।'