Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनप्रगतिशिल मञ्च युएईले दुबईमा तीज सांस्कृतिक कार्यक्रम गर्दै

जनप्रगतिशिल मञ्च युएईले दुबईमा तीज सांस्कृतिक कार्यक्रम गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १३:२४:१४ बजे
  • 1.2K
    SHARES
  • जनप्रगतिशिल मञ्च युएईले दुबईमा तीज सांस्कृतिक कार्यक्रम गर्दै

    युएई । नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा भव्य तीज विशेष सांस्कृतिक धमाका २०७९ हुने भएको छ । आफ्नो कला संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम राखिएको आयोजकले बताएको छ ।

    images

    नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रवासमा रहेका सम्पूर्ण चेलीहरुलाई मनोरञ्जन गराउन कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्माले बताए ।

    सेप्टेम्बर ४ तारिख आइतबारका दिन वर दुबईमा रहेको होटल अष्ट्रोरियामा राष्ट्रियस्तरका कलाकारहरुको साथमा भव्य तीज विशेष साँस्कृतिक कार्यक्रम हुने उनले बताए ।

    कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रियस्तरका चर्चित कलाकारहरू आउने भएको छ । प्रवासमा रहेका नेपाली चेलीहरुलाई मनोरञ्जन दिन सेप्टेम्बर ४ तारिख आईतबारका दिन वर दुबईको अष्ट्रोरिया होटलमा तीज विशेष सास्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका महासचिव दामोदरसिंह ठगुन्नाले जानकारी दिए ।

    कार्यक्रममा युएईका बिभिन्न राज्यबाट एक हजार भन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको ठगुन्नाले बताए । कार्यक्रममा सयौं प्रगतिशिल गीत गाएका जनगायकको रुपमा चर्चित गायक जीवन शर्मा, चर्चित कलाकारहरु विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर र भ्वाईस किड्सका बिजेता चर्चित गायक जेनिस उप्रेती लगायतका कलाकारहरु आउने कार्यक्रमका संयोजक नबीन दोङ्ले जानकारी दिए ।

    नेपालबाट आउने कलाकारबाहेक दुबईमा रहेका कलाकारहरुको पनि प्रस्तुति रहने दोङ्ले जनाए । कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको दोङ्ले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology