Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा 

नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १७:४०:२४ बजे
  • 1.6K
    SHARES
  • नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा 

    कुवेत - नेपाल कुवेत साँस्कृतिक मञ्चले आगामी २ सेप्टेम्बर २०२२ का दिन आयोजना गर्न लागेको हरितालिका तीज विशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

    images

    चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर हरितालिका तीज विशेष कार्यक्रमको लागि आगामी १ सेप्टेम्बर २०२२ का दिन बिहान ६.३० बजे कुबेत आईपुग्ने नेपाल कुवेत साँस्कृतिक मञ्चका प्रवक्ता गोविन्द प्रसाद तिमल्सिनाले मयूरपाटीलाई जानकारी दिएका छन ।

    कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा सेप्टेम्बर १ तारिकका दिन बिहान ६.३० बजे गायिका देबि घति मगरलाई स्वागत गर्नका लागि कुवेतमा रहेका बिभिन्न संघ - संस्था, पत्रकार, खेलाडी , बुद्धिजीवी, कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

    नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापनाकालदेखी हरेक बर्षहरुमा नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुको महानचाड हरितालिका तीजमा बिशेष सांगीतिक धमाका गर्दै आएको छ । नेपाल कुवेत साँस्कृतिक मञ्चको २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाकामा स्थानीय कलाकारले समेत प्रस्तुति दिने छन । 'हाम्रो संस्कृति हाम्रो पहिचान' भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाली कला र संस्कृतीको जगेर्ना गर्न तथा प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न नेपाल कुवेत साँस्कृतिक मञ्चले हरेक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

    हरितालिका तीज विशेष सांगीतिक धमाका कार्यक्रमलाई सफल पार्न कुवेतमा कृयाशिल विभिन्न संघ - सस्था, समाजसेवी, बुद्दीजिवी, भद्रभलाड्मी, व्यवसायी, पत्रकार, कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनी लाई आयोजकले पत्राचार गरि सकिएको  छ । यदी कुनै कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले अनुरोध गरेको छ । 

    हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम निम्न मिति सयम र स्थानमा हुनेछ ।

    मिति :- ०२ सेक्टेम्वर २०२२ ,शुक्रबार !
    समय :- दिनको ठीक ०१ बजे  ! 
    स्थान :- इन्डियन सेन्ट्रल स्कुल जिलिब सोयक कुवेत !

    आयोजक :-  नेपाल कुवैत सांस्कृतिक मंच

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology