Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

मोना कुवेतको तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

मोना कुवेतको तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र १२, २०७९ आइतवार • ००:१३:४२ बजे
  • 2.2K
    SHARES
  • मोना कुवेतको तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    images

    कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा २६ अगष्ट शुक्रवारको दिन तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अध्यक्ष मान बहादुर फगामीको सभापतित्व र आईइसी मध्यपूर्व उपसंयोजक तथा मोना कुवेतका सल्लाहकार दिपक छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो । मोना कुवेतले तेश्रो वर्ष पूरा गरेको उपलक्ष्यमा पानसमा दिप प्रज्वलन गरी केक काटेर मनाएको थियो । कार्यक्रम संचालन महासचिव तेजिन्द्र श्रेष्ठले गरेका थिए ।

    वरिष्ठ उपाध्यक्ष नन्द बरुवालले सस्थाको आयव्यय प्रस्तुत गरेका थिए भने सस्थाको प्रतिवेदन उपाध्यक्ष चन्द्र गोतामेले प्रस्तुत गरेका थिए । नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको विशेष अवसरमा शुभकामना आदानप्रदान सहित चेलीबेटीलाई सम्मान पनि गरेको थियो । सस्थापक कोषाध्यक्ष कृष्ण प्रसाद खडकाको निधन भएको र अन्य पदाधिकारी तथा सदस्य कुवेत बसाईलाई बिट मारी स्वदेश फर्किएको हुदा कार्य समितिमा केही पद रिक्त रहेको थियो ।

    मोना कुवेतको २०२१~२०२३ कार्य समितिको कोषाध्यक्ष पदमा गंगाधर गौत्तम, सह-कोषाध्यक्षमा तार्जन पुन, प्रवक्तामा अंकित गैरे  सर्वसम्मत चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यमा भक्त हर्मेल, बिमल पुन , चुन बहादुर रोका, लिल बहादुर रोका, नारायण थापा, गौदेबी फगामी, मनदेबी गुरुङ, सुवास साप्कोटा र नविन थापा सर्वसम्मत चयन भएका छन । कार्यक्रममा म्याग्देलीहरुको उल्लेख उपस्थिति रहेको थियो ।

     

     

     

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology