Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी एकता मञ्च अमेरिकाको सम्मेलन सेप्टेम्बर १७ र १८ मा हुने 

प्रवासी एकता मञ्च अमेरिकाको सम्मेलन सेप्टेम्बर १७ र १८ मा हुने 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७९ मंगलवार • ०९:५१:५५ बजे
  • 817
    SHARES
  • प्रवासी एकता मञ्च अमेरिकाको सम्मेलन सेप्टेम्बर १७ र १८ मा हुने 

    संवाददाता/ नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन ‘सामाजिक अभियानमा सहभागि बनौ’ भन्ने नाराका साथ सेप्टेम्बर १७ र १८ तारिक न्यूयोर्कमा हुने भएको छ।

    images

    राष्ट्रिय सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रमुख अतिथिको रुपमा अमेरिका निमन्त्रणा गरेको थियो। तर मङ्सिर ४ को चुनावी तयारी लगायतको व्यस्ततालेआउने सम्भावना नरहे पछि अनलाइन जुम मार्फत अध्यक्ष नेपालले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रमको तय भएको मञ्चका अध्यक्ष टेक गुरुङले बताए।

    ‘अमेरिकामा रहेका नेपाली समुदायलाई कसरी ससक्त बनाउने भन्नेमा हामी जोड दिन्छौ। त्यस कारण हाइस्कूलमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई पनि प्रोत्साहान गर्न वक्ताको रुपमा राखेका छौ। हामी पहिलो पुस्ता र नयाँ पुस्ताको बीचको सोचमा नै फरक छ त्यसलाई सम्वोधन गर्न हामी उद्घाटन कार्यक्रम हाइटेक र छरितो बनाउने अध्यक्ष गुरुङले बताए।

    सम्मेलन आयोजनाका लागि एक सय एक सदस्यीय आयोजक समिति तथा विभिन्न दश वटा विभागहरु बनाएर तयारी भइरहेको छ।२५ राज्यबाट एक सय जना भन्दा बढी सम्मेलनका प्रतिनिधिले सम्मेलनमा भाग लिने र नयाँ नेतृत्व पनि चयन गरिने महासचिव शंकर पन्तले जानकारी दिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology