अन्तर संस्था साउदी अरबले समस्यामा परेको नेपालीलाई तत्काल उद्वार गर्न विज्ञप्ति जारि गर्यो । साउदी अरबमा कार्यरत नेपालीहरुले पठाउने रेमिटेन्सले नेपालको अर्थतन्त्रमा उल्लेख्य टेवा दिईरहेको सर्बविदिदै छा कोरोना भाईरस ( कोभिड -१ ९ ) संक्रमणको कारणले साउदी अरबमा सृजित विषम परिस्थितिका कारण हवाई सेवा बन्द हुन जाँदा रोजगारीमा समस्या आएका , करार समाप्त भई स्वदेश फर्कनु पर्नेहरु , साउदी सरकारले अबैधानिक रुपमा रहेकाहरु लाई फिर्तिको लागि दिएको अवसर लगायत बिबिध कारणले समस्यामा रहेका हजारौं नेपालीहरुले नेपाली दुताबासमा निबेदन दिएको आधारमा प्राथामिकता सुची प्रकाशित गर्नु पर्ने जनाएको छ ।
ज्ञापनपत्र जस्ताको तस्तैमिति : ० ९ / ० ९ / २०२० ' रेमिटेन्स मार्फत नेपालको अर्थतन्त्रमा टेवा दिईरहेका आदरणीय श्रमिक नेपालीहरुको पीडामा मल्हम लगाइयोस ज्ञापन - पत्र महामहिम राजदूतज्यु , नेपाली दुताबास , रियाद साउदी अरब महोदय , नेपालको बैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्य मुलुकहरु मध्यपर्ने साउदी अरब जहाँ अहिले ३ लाख भन्दा बढी नेपालीहरु कार्यरत रहेका छन ।
साउदी अरबमा कार्यरत नेपालीहरुले पठाउने रेमिटेन्सले नेपालको अर्थतन्त्रमा उल्लेख्य टेवा दिईरहेको सर्बविदिदै छा कोरोना भाईरस ( कोभिड -१ ९ ) संक्रमणको कारणले साउदी अरबमा सृजित विषम परिस्थितिका कारण हवाई सेवा बन्द हुन जाँदा रोजगारीमा समस्या आएका , करार समाप्त भई स्वदेश फर्कनु पर्नेहरु , साउदी सरकारले अबैधानिक रुपमा रहेकाहरु लाई फिर्तिको लागि दिएको अवसर लगायत बिबिध कारणले समस्यामा रहेका हजारौं नेपालीहरुले नेपाली दुताबासमा निबेदन दिएको आधारमा प्राथामिकता सुची प्रकाशित गर्ने र सोहि आधारमा नेपाल सरकार द्वारा तोकिएको उद्दार ' चार्टर फ्लाईट मार्फत हालसम्म नेपाल फर्कने क्रम चलिरहेको छ ।
चार्टर फ्लाईटको लागि तोकिएको चर्को हवाई भाडा र पछिल्ला दिनहरुमा नेपाल सरकारले गरेको होटेल क्वारेन्टाइनको शुल्क लगायत अन्य खर्चहरु समेत स्वयम श्रमिकले व्यहोर्नु पर्ने निर्णयले पारेको पिडित श्रमिक माथिको थप आर्थिक बोझ प्रति अन्तर संस्था समन्वय समितिको गम्भीर असहमति रहेको स्पस्ट पार्न चाहन्छौ । नेपाल फर्कन चाहने पिडितहरुको संख्याको तुलनामा नेपाल सरकारले ब्यबस्था गरेको चार्टर फ्लाईटको संख्या अपर्याप्त रहंदा निकै मुस्किलले टिकट लगायतको जोहो गर्न खोज्दा पनि उपलब्ध नहुँदा पिडित नेपालीहरुको पिडामाथि नुनचुकको मल्हम हुन पुगेको ।
समयमा उडान नहुँदा न्युनतम मानबिय आबश्यकता समेत पुरा गर्न नसकी हजारौं नेपालीहरु जटिल समस्यामा रहेको , मानसिकरुपमा विछिप्तताको अवस्थामा पुग्दै गएको , स्वदेश फिर्तिको माग राखेर नेपालीहरुले आफ्नै सरकार र दुतावास बिरुद्ध नाराजुलुस , आन्दोलन समेत गर्नु परेको तथ्य छिपेको छैन ।
दुताबासबाट जारि गरिएको प्राथामिकता सूचीको आधारमा पहिला समस्या दर्ता गरेका पहिला जान पाउने प्राथमिकताका साथ पालना गर्न , पहुँचका आधारमा सूचीमा सुचिकृत भएका बाहेकले पनि चार्टर फ्लाईट मार्फत स्वदेश फिर्तिको अनाधिकृत रुपमा अवसर छोपी रहेको समेत देखिन आएकाले सो रोक्न र पिडित नेपालीहरुको न्युनतम मानविय आबश्यकता परिपूर्ति गर्ने प्रबन्ध मिलाउन समेत माग राख्न चाहन्छौ ।
रेमिटेन्स मार्फत नेपालको इतिबृतिमा योगदान पुर्याउने आदरणीय श्रमिक नेपालीहरुको पीडामा मल्हम लगाउन अन्तर संस्था समन्वय समिति , साउदी अरब र आबद्द संस्थाहरु साउदी अरबमा पर्याप्त फिर्ति उडान नहुँदा समस्यामा परेका नेपालीहरुको तत्काल उद्दार गरि स्वदेश फर्काउन राजदुतावास मार्फत नेपाल सरकारका सम्बन्धित मन्त्रालय , बिभाग तथा निकायको ध्यानाकर्षण गराउदै सो को लागी नियमित उडान सुचारु गर्न , तत्काल नियमित उडान सम्भब नरहे नेपाल फर्कन चाहनेहरुको प्राथमिक सूचीमा रहेकाहरुको सिघ्र | स्वदेश फर्कन सक्ने गरि चार्टर फ्लाईटको उडान संख्या बढाउन अनुरोध गर्दछ ।
- बोधार्थः नेपाल सरकार प्रधानमन्त्रि कार्यालय श्रम तथा रोजगार मन्त्रालय परराष्ट्र मन्त्रालय बैदेशिक रोजगार बिभाग ।
