Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुर्लभ सर्पले निल्यो खजुरो, मृत्युको कारण बारे अन्योल

दुर्लभ सर्पले निल्यो खजुरो, मृत्युको कारण बारे अन्योल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७९ शनिवार • १२:०१:४७ बजे
  • 1.1K
    SHARES
  • दुर्लभ सर्पले निल्यो खजुरो, मृत्युको कारण बारे अन्योल

    सन् १९७५ देखि फ्लोरिडाको लोपोन्मुख जीवको श्रेणीमा समावेश रिम रक क्राउन्ड स्नेक पर्ने गर्छ । यो असाध्यै विरलै देखिन्छ । चार वर्षमा पहिलो पटक यो देखियो तर निकै विचित्र तरिकाले मृत अवस्थामा यसलाई भेटियो ।

    images

    मुखमा एउटा विशाल खजुरो थियो । फ्लोरिडाको जन पेनक्याम्प कोरल रिफ स्टेट पार्कमा एउटा ढुङ्गा माथि भेटिएको रिक रक क्राउन्ड स्नेकको मुखमा खजुरो थियो । एक आगन्तुकले यो देखेका थिए ।

    नजिक गएर हेर्दा सर्प र खजुरो दुबै मरिसकेका थिए । खजुरोको आधाभन्दा बढी शरीर सर्पले निलिसकेको थियो । सर्पले खजुरोलाई टाउको तिरबाट निल्ने कोसिस गरेको थियो । यो विचित्र घटनामाथि गरिएको यो शोध द साइन्टिफिकनेचुरलिस्ट प्रकाशित भएको छ । यी दुबै जीवलाई यसै स्थितिमा जीव वैज्ञानिक समक्ष पेश गरियो ।

    त्यसपछि उनीहरुले सर्प र खजुरोको एक्स रे गरे, खजुरो सर्पको शरीरको निकै भित्र पुगिसकेको त्यसैमार्फत् पत्ता लाग्यो । यसैकारण सर्प सास फेर्न सकिरहेको थिएन । सास फेर्न नपाएपछि सर्पको मृत्यु भयो । त्यसमाथि सर्प मात्रै विषालु भन्ने हुँदैन । खजुरो पनि विषालु हुन्छ । खजुरोको विषको असर सर्पमाथि पर्यो ।

    रिम रक क्राउन्ड स्नेक विषालु हुँदैन । यसको टाउको कालो रङको हुन्छ । शरीर हल्का गुलाबी रङको हुन्छ । लम्बाई साधारणतया ६ देखि ११ इन्चको हुन्छ ।

    यो फ्लोरिडामा मात्रै पाइन्छ । विशेषगरी दक्षिण–पूर्वी अटलान्टिक तटनजिकै । अन्तिम पटक जिउँदो सर्प सन् २०१५ मा देखिएको थियो । त्यसपछि यसलाई पुनः सन् २०१८ मा देखिएको थियो तर एउटा बिरालोले त्यसलाई मारेको थियो । फ्लोरिडा फिश एन्ड वाइल्डलाइफ कन्जरभेसन कमिशनका एसोसिएट रिसर्च साइन्टिस्ट केविन एंगले रिम रक क्राउन्ड स्नेक जमिनको स–सानो खाल्डोमा बस्छन् ।

    साधारणतया लुकिरहन्छन् । भारी वर्षापछि मात्रै देखिन्छन् । यदि कुनै सर्प प्रेमीले यसलाई देखे भने उनीहरुको खुसीको सिमाना नै हुँदैन । तर यो सहजै कहाँ देख्न पाइन्छ र ? मृत भेटिएको सर्पको लम्बाई ८ इन्च थियो । सर्पले निल्न खोजेको खजुरो एक क्यारेबियन जोइन्ट सेन्टिपेड हो ।

    यो खजुरो तीन इन्च लामो थियो । जसको एक इन्च हिस्सा मात्रै सर्पको मुख बाहिर थियो । यद्यपि, सास फेर्न नपाएर वा विषका कारण यी दुई जीवको मृत्यु भयो भन्नेबारे वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् । यसका लागि अर्को एउटा अनुसन्धान गरिनेछ । यद्यपि, लगातार स्क्यान र एक्सरे इत्यादि भने गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology