Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुन्दरी युट्युबरले ६ अर्ब लिएर फरार भए पछि .....

सुन्दरी युट्युबरले ६ अर्ब लिएर फरार भए पछि .....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७९ शनिवार • १२:२५:२९ बजे
  • 799
    SHARES
  • सुन्दरी युट्युबरले ६ अर्ब लिएर फरार भए पछि .....

    एक चर्चित महिला युट्युबर तथा सोसल मिडिया स्टारमाथि करिब ६ अर्ब रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

    images

    इन्स्टाग्राम स्टारसमेत रहेकी उनले विदेशी मुद्रा विनिमय कारोबार स्क्यामका माध्यमबाट आफ्ना हजारौँ फलोअर्सलाई जालमा फसाएकी थिइन् । उनले लगानी गरेको रकमबाट ठूलो मुनाफा प्राप्त हुने भनेर फलोअर्सलाई लोभ्याएकी थिइन् ।

    यो घटना थाइल्याण्डको हो । नाथामोन खोंग नामकी युवतीले आफ्नो Nutty’s Diary नामक युट्युब च्यानलमा नियमित रुपमा आफ्ना नाचका भिडियोहरु अपलोड गर्ने गर्दथिन् । उनको च्यानलमा करिब साढे ८ लाख सब्सक्राइबर्स थिए ।

    इन्स्टाग्राममा पनि उनका ३ लाखभन्दा धेरै फलोअर्स थिए । उनले इन्स्टाग्राममा विदेशी मुद्रा विनिमयको कारोबारका विषयमा निजी कोर्सको प्रचार प्रसार गर्ने गर्दथिन् र फलोअरहरुलाई ३५ प्रतिशत सम्म मुनाफा हुने भन्दै लगानी गर्न आह्वान गर्दथिन् ।

     


    उनको कुरा पत्याएर ६ हजार भन्दा धेरै फलोअर्सले नाथामोनलाई लगानी गर्न भन्दै रकम दिएका थिए । तर उनीहरुको लगानीबाट मुनाफा आउनु त परै जावस् सावाँसमेत लिएर फरार भएपछि नाथामोन विरुद्ध थाइल्याण्ड प्रहरीमा ठगीको उजुरी परेको छ ।

    गत मे महिनामा आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा नाथामोनले आफुसँग लगानीकर्ताहरुको करिब २ करोड ७५ लाख डलर संकलन भएको बताएकी थिइन् । उक्त भिडियोमा उनले ब्रोकरले आफ्नो ट्रेडिंग अकाउन्ट र रकम समेत ब्लक गरिदिएको दाबी गरेकी थिइन् ।

    आफूले संकलित रकम लगानी गर्न नसकेपनि मानिसहरुको रकम फिर्ता गर्न प्रयास गर्ने उनको भनाइ थियो । तर त्यसपछि उनले कसैको रकम फिर्ता गरिनन् र फरार भइन् ।

    थाइल्याण्डको साइबर अपराध अनुसन्धान ब्युरोका प्रहरी अधिकारीका अनुसार गतहप्ता नाथामोन विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    अहिलेसम्म उनी विरुद्ध १ सय २ वटा उजुरी दर्ता भैसकेका छन् । दैनिक नयाँ नयाँ पीडितहरु सार्वजनिक भैरहेका छन् र आफ्नो लाखौँ रुपैयाँ नाथामोनले ठगी गरेको बताउने गरेका छन् । पीडितको संख्या हजारौँमा हुनसक्ने प्रहरीको भनाई छ ।

    गत जुन महिनादेखि नाथामोन सोसल मिडियाबाट गायब छिन् । उनले देश छाडिसकेको हुनसक्ने मानिसहरुको आशंका छ । तर अध्यागमनको रेकर्डले उनी देश बाहिर गएको नदेखिने प्रहरी अधिकारी बताउँछन् । एजेन्सीको सहयोगमा

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology