बिश्वकर्मा एकता समाज नेपाल कुवेतले बिश्वकर्मा बाबाको पूजा आराधना भब्य रूपमा सम्पन्न गरेको छ।
कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेस्टुरेन्टमा १६ सेप्टेम्वर २०२२ शुक्रवारको दिन बिश्वकर्मा बाबाको पूजा आराधना भब्य रूपमा सम्पन्न गरेको हो । बिश्वकर्मा बाबाको पूजा आराधना असोज एक गते मनाईन्छ तर प्रवासमा शुक्रवार बाहेकका दिनमा सबै जना काममा ब्यस्त हुने भएकाले गर्दा बिश्वकर्मा एकता समाज नेपाल कुवेतले एक दिन पहिले बिश्वकर्मा बाबाको पूजा आराधना गरि मनाएको छ ।

बिस्वकर्मा एकता समाज नेपाल कुवेतका अध्यक्ष कुमार बराईलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिश्वकर्मा एकता समाज नेपाल कुवेतका बरिष्ठ सल्लाहकार तथा नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही प्रमुख अतिथि रहेका थिए । बिश्वकर्मा एकता समाज नेपाल कुवेतका संरक्षक शिव घमाल विशिष्ट अतिथि रहेका थिए । त्यसैगरी विभिन्न सङ्घ सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधिहरु अतिथि रहेका थिए । कार्यक्रममा महासचिव रोल बहादुर बिस्वकर्मा पुजारी रहेका थिए भने संरक्षक जीवन सुनारले कार्यक्रम संचालन गरेका थिए ।
प्रवासमा कार्यव्यस्तताको बाबजूद पनि बिस्वकर्मा बाबाको पूजा आराधनाको लागि समाजका पदाधिकारी, सदस्यहरु लगायत कुबेतमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको उपस्थित रहेको थियो । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत बिस्वकर्माहरुलाई एकताबद्ध गर्दै 'बिस्वकर्माको एकता आजको आवश्यकता' भन्ने मुल नारालाई आत्मसात् गर्दै सन २०१६ मा स्थापना भएको सस्थाले हरेक वर्ष असोज १ गतेको दिन बिस्वकर्मा पूजा मनाउदै आईरहेको छ । साथै कुवेतको नेपाली समाज र नेपालमा समेत सामाजिक र मानवीय सेवाका कार्यहरू पनि गर्दै आएको छ ।