Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समय, सम्बन्ध र शहर शिर्षकमा चित्रकला प्रदर्शनी

समय, सम्बन्ध र शहर शिर्षकमा चित्रकला प्रदर्शनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७९ सोमवार • १४:२५:२३ बजे
  • 607
    SHARES
  • समय, सम्बन्ध र शहर शिर्षकमा चित्रकला प्रदर्शनी

    नेपाल कला परिषद बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको छ । प्रदशनीमा सूर्य दूधराज, सुरक्षा वाग्ले लगायत राम चन्द्र महर्जनले सयुंक्त रुपमा एकल कला प्रदर्शनी गरेका छन् । संयुक्त रुपमा एकल कला प्रदशर्नी यो पहिलो पटक भएको हो ।

    images

    उक्त कला प्रदर्शनीको मूल बिषय बस्तु समय, सम्बन्ध र शहर रहेको छ । जसमा सूर्य दूधराजले एकल प्रदर्शनीको मुख्य बिषय समयको बारेमा प्रष्ट्याउँदै ,समय हरेक ब्यक्तिको अनुभव अनुसार फरक फरक रहको र यो निरन्तर चलिरहने चक्र हो,समयलाई फर्काउँन सकिदैन भन्दै यो एकल कला प्रदर्शनीमा आफुले समयसम्बन्धि अलग अनुभवलाई क्यनभासमा उर्तान खोजेको बताएका छन् ।

    12.jpg
    
त्यस्तैगरि सुरक्षा वाग्लेले आफ्नो कलाको मूल बिषय बस्तु “सम्बध” रहेको र यसलाई प्रकृति,धार्मिक एवम् ऐतिहासिक धरातलसंग जोडिएको भन्नेबारे प्रष्ट्याउन खोजिएको हो ।
त्यस्तैगरि अर्का एकलकला प्रदर्शनीका सहभागी रामचन्द्र महर्जनले आफ्ने मूल बिषय बस्तु शहरको फरक फरक रुपलाई क्यानभासमा स्वरुप दिएर स्पष्ट पार्न खोजेको बताएका छन् ।

    नेपाल कला परिषदमा भइरहेको एकल कला प्रदर्शनी आश्विन १ गतेबाट शुरु भएको र आश्विन ७ गते सम्म जारी रहने जनाईएको छ । बिहान १०बजे देखि बेलुकी ५बजेसम्म खुल्ला रहने छ ।

  • सम्बन्धित विषय:

  • # चित्रकला प्रदर्शनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology