Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमान सगरमाथा समुहको अध्यक्षमा :भिम निरौला

ओमान सगरमाथा समुहको अध्यक्षमा :भिम निरौला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०७९ सोमवार • १२:२६:४४ बजे
  • 526
    SHARES
  • ओमान सगरमाथा समुहको अध्यक्षमा :भिम निरौला

    नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता सहित ५ बुदे घोषणापत्र प्रस्तुत गर्दै भिम निरौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै सगरमाथा समुहले गत शुक्रबार २४ सेप्टेम्वर २०२२ का दिन बनभोज तथा अधिवेशन सम्पन्न गरेको छ । 
    कार्यक्रमा नेपाली राजदुतावास मस्कट ओमानका राजदुत महामहिम डोरनाथ अर्याल, दुतावास परिवार, गैरआवासीय नेपाली संघका उपाध्य्रक्ष डि.बि छेत्री ज्यू तथा तथा गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष बिकल झा ज्यु र ओमानमा सक्रिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित भएका थिए । 

    images


    ओमानको बर्का स्थित एक फार्म हाउसमा आयोजित कार्यक्रममा संस्थाका निवर्तमा उपाध्यक्ष लक्ष्मण श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । मन्तव्यमा सगरमाथा समुह ओमानको परिचय र सामाजिक कार्यहरुको सुभारम्भ गर्ने प्रथम चरणका केहि संस्थाहरु मध्ये सगरमाथा समुह पनि रहेको जानकारी दिदै सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न मनोरोञ्जनात्कमहरु पनि संलग्न गरिएको थियो । 

    कार्यक्रममा राजदुत ज्युले सगरमाथा समुहले सगरमाथा डे मनाउन सुझाउदै नया“ गठित कार्यसमितिलाई बधाई दिनुभएको थियो त्यस्तै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डि.बि छेत्री ज्युले पनि संस्थाको उज्वल भबिष्यको कामना गर्दै बधाई ज्ञापन गर्नुभएको थियो । सोही प्रकारले उपस्थित ओमानका अन्य संघसंस्थाका बक्ताहरुले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरेका थिए ।


    कार्यक्रममा अध्यक्ष ज्यूले गत कार्यकालमा बिभिन्न सहयोगहरुको बिवरण प्रस्तुत गनुभएको थियो । जसका खर्च रि.ओ ७३६ बरावरको रहेको थियो । आगामी कार्यकालको पर्यटन क्षेत्रको लागि ओमानीहरुलाई नेपाल पठाउन पहल गर्ने भैपरि आउने समस्याहरुमा सहयोग गर्ने, रोगी पिडितहरुलाई यथोचित रकम सहयोग गर्ने, सामाजिक कार्यको लागि ओमानमा रहेका अन्य नेपाली संंघ संस्थाहरु संग सहकार्य गर्ने जस्ता घोषणा पत्रमा प्रतिवद्धता जाहेर गर्नु भएको छ ।  
    यस अधिवेशनले सर्बसम्मत रुपमा अध्यक्षमा भिम निरौला, उपाध्यक्षमा गोभिन्द पोखरेल महासचिवमा रमेश लावती सचिवमा सुजन शर्मा, कोषाध्यक्ष भिम थापा र सहकोषाध्यक्ष राम अयोध्या दास, खेलकुद तथा सांस्कृतिक प्रमुख नवराज गुरुङ्ग र सदस्यहरुमा रुद्र मगर, राजकुमा बि.क.कुवेर गहतराज, रोहित बि.के चयन गरेको छ । 

  • सम्बन्धित विषय:

  • # भिम निरौला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology