Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु, घाइते ९ जनाको उद्धार

मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु, घाइते ९ जनाको उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७९ मंगलवार • ११:३६:३२ बजे
  • 445
    SHARES
  • मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु, घाइते ९ जनाको उद्धार

    मनास्लुमा सोमबार अपराह्न गएको हिमपहिरोमा परी एक नेपाली आरोहीको मृत्यु भएको छ ।

    images

    हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको प्रहरीले जनाएको छ । उत्तरी गोरखामा अवस्थित विश्वको आठौं अग्लो उक्त हिमाल आरोहणमा रहेको टोलीका १३ जना नेपाली शेर्पा र एक भारतीय महिला आरोही पहिरोमा परेका हुन् ।

    ६ जना गम्भिर घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाले जनाएको छ ।

    अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख केदार खनालले जानकारी दिए ।

    चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो । मौसम खराबीका कारण घाइतेहरुलाई सोमबार उद्दार गर्न सकेको थिएन ।

  • सम्बन्धित विषय:

  • # घाइते ९ जनाको उद्धार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology