Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा स्व.पत्रकार माधव शाहीको प्रथम वार्षिक पुण्य तिथिमा श्रध्दाञ्जली सभा सम्पन्न

कुवेतमा स्व.पत्रकार माधव शाहीको प्रथम वार्षिक पुण्य तिथिमा श्रध्दाञ्जली सभा सम्पन्न

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन १८, २०७९ मंगलवार • २०:३७:३२ बजे
  • 832
    SHARES
  • कुवेतमा स्व.पत्रकार माधव शाहीको प्रथम वार्षिक पुण्य तिथिमा श्रध्दाञ्जली सभा सम्पन्न

    नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा स्वर्गीय पत्रकार, एनआरएनए कुवेतका उपाध्यक्ष तथा नेपाली जनसम्पर्क समिति कुवेतका सकृय सदस्य माधव शाहीको प्रथम वार्षिक पुण्य तिथिमा श्रध्दाञ्जली सभा सम्पन्न भएको छ ।

    images

    कुवेतस्थित मङ्गाफको मेमोरिस हलमा ३ अक्टोबरको दिन स्वर्गीय पत्रकार शाहीको निधन भएको एक वर्ष पुगेको सम्झनामा श्रद्धा सुमन व्यक्त गर्दै १ मिनेट मौन धारण गरी पुष्प गुच्छाले श्रद्धान्जली अर्पण गरी स्मृति कार्यक्रम गरिएको हो । कुवेतमा कर्मथलो बनाएर काम गर्दै आएका शाहीको गत वर्ष मृत्यु भएको थियो। रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत साथै नेपाली समाजका एक अभियन्ता पत्रकार शाहीको गत साल हृदयघातको कारण मृत्यु भएको थियो ।

    8900D7A4-4E94-46A4-BF88-35C9634283E0.jpeg
    नेपाली
    जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीको सभापतित्व तथा नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता र एनआरएनए एनसीसी कुवेतका आईसीसी सदस्य हरि लावती, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्लको विशेष आतिथ्यता रहेको थियो भने कुवेतमा क्रियाशील संघ-संस्थाका प्रतिनिधीहरुको सहभागीता थियो । श्रद्धाञ्जली सभाको कार्यक्रम सञ्चालन महामन्त्री केशर घलान तामाङले गरेका थिए । श्रद्धाञ्जलि सभामा उपस्थित सबै महानुभावहरुलाई स्वागत मन्तव्य स्वयम्  केशर घलान तामाङले दिएका थिए ।

    18139B30-E6DF-442B-922A-7051AB14B656.jpeg

    उक्त श्रद्धाञ्जली सभालाई नेपाली दुताबास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, नेपाल पत्रकार महासङ्घ कुवेतका उपाध्यक्ष राज मल्ल र कुवेतमा क्रियाशील संघ-संस्थाका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा स्वर्गीय पत्रकार शाहीको दाजू इरन्दर शाहीले शोक सभामा भावुक हुँदै स्वर्गीय माधव शाहीको बारेमा सम्बोधन गरे। श्रद्धाञ्जली सभाको अन्तमा नेपाली जनसम्पर्क समिति कुबेतका सभापति राजेन्द्र बिराहीले आफ्नो भनाई राख्दै कार्यक्रम अन्त्य गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology