Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गैरआवासीय नेपाली सोसल क्लब र नेपाली रक्तदाता संघ ओमान द्वारा रक्तदान कार्यक्रम सम्पन्न 

गैरआवासीय नेपाली सोसल क्लब र नेपाली रक्तदाता संघ ओमान द्वारा रक्तदान कार्यक्रम सम्पन्न 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • २३:०४:०९ बजे
  • 1.1K
    SHARES
  • गैरआवासीय नेपाली सोसल क्लब र नेपाली रक्तदाता संघ ओमान द्वारा रक्तदान कार्यक्रम सम्पन्न 

    ओमान । गैरआवासीय नेपाली सोसल क्लब ओमान र  नेपाली रक्तदाता संघ ओमानको सयुक्त आयोजनामा ७ अक्टोबर शुक्रबारको दिन ओमान ब्लड बैक बौसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    images

    रक्तदान कार्यक्रममा ओमानमा रहेका नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । विगतमा पनि
    गैरआवासीय नेपाली सोसल क्लब ओमान र  नेपाली रक्तदाता संघ ओमानले सयुक्त रक्तदान कार्यक्रम गर्दै आएको नेपाली रक्तदाता संघ ओमानका अध्यक्ष थानेश्वर भुषालले बताउनु भयो । 

    उहाँले मानवीय जिवनमा अति आवश्यक पर्ने यो एउटा निस्वार्थ समाजसेवा हो । ओमान जस्तो ठाउँमा नेपालीहरुले यस्तो समाज सेवा गर्नु भनेको देश र राष्ट्रियता, नेपालीहरुको इज्जत र गौरवको विषय पनि हो । हामि केहिले धेरैको जीवनलाई पुनर्जीवन प्रदान गर्ने अवसर पाएको छौ,भन्नू भयो ।

    17.jpg
    ओमानमा स्थापित अन्य संस्था भन्दा फरक उद्देश्य लिएर स्थापना भएको नेपाली रक्तदाता संघ ओमानले हरेक ३/४ महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ । यो संस्था निस्वार्थ मानवीय समाज सेवामा समर्पित भएको काम गर्ने संस्थाको रुपमा लिइन्छ ।

    संस्थाले आयोजना गर्ने कार्यक्रमलाई ओमान दर्ता भएको गैरआवासीय नेपाली सोसल क्लबले सहयोग गर्ने गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology