ओमानको पुरानो संस्था नेपाली समाज ओमान द्वारा आयोजित बडा दसै सांस्कृतिक कार्यक्रम ७ अक्टोबर शुक्रबार २०२२ होटेल अलमाहा गोब्रामा भब्यताको साथ सम्पन्न भएको छ ।
कार्यक्रमको संचालन दिल रोक्का र धन कुमारी थारुले गरेका थिए । अध्यक्षता अध्यक्ष बिकास घलेले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रबिन्द्र राजथलाले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल दूतावास ओमानका महामहिम राजदुत डोरनाथ अर्याल र अतिथिमा स्वदेश अर्याल, दृतिय सचिव सोमेश थापा , श्रम सहचारी दिनेश ढकाल , विशेष अतिथिमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष डिबि क्षेत्री, अन्य अतिथिहरु : नेपाली समाजका भुतपुर्व अध्यक्ष गोबिन्द गुरुङ्ग, दिल रोक्का, सामाजिक अभियानता तोलाकान्त भट्टराई,गैर आवासीय सोसल क्लब ओमानका अध्यक्ष विकल झा,नेपाली महिला समुहकी अध्यक्ष मधु गुरुङ्ग, सगरमाथा युवा समुहका रेशम लावती,ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, प्रवासी नेपाली मञ्चका रन्जित आचार्य, नेपाली जनप्रगतीशिल मञ्च ओमानका अध्यक्ष उमेश विक, जन सम्पर्क समितीका डम्बर पुन, विवेकशिल नेपालीका सुजन अधिकारी, प्रवासी नेपाली एकता समाजका राज कुमार श्रेष्ठ, नेपाल मगर संघका दिप थापा,नेपाली बुद्ध भिजनका ओमकार तामाङ, तमु समाजका पुर्ण गुरुङ्ग, नेपाल तामाङ समाजकी अनिता तमाङ्ग,अन्तर्राष्ट्रिय साहित्य समाजका सुशील पुन, नेपाली कृष्टियन फेलोसिपकि हेमा श्रेष्ठले, नेपाली रक्तदानका रोहित कुमार तिवारी, गुल्मी सेवा समाजका शुर्य पन्थी, बाग्लुङ सेवा समाजका तुलमान शाही, म्याग्दी प्रवासी नेपाली संघका गणेश चोखाल, पालपाली परिवारका ओम प्रसाद न्यौपाने, झापाली समाजका अनिल गुरुङ्ग, मोरङ्ग सुन्सरी समाजकी मनु चौधरी रहेका थिए ।
दसै कार्यक्रम भएको हुदा उपस्थित नेपाली दाजुभाइ दिदिबहिनीहरुले नेपाली परम्परा अनुसार अग्रज ब्याक्तित्व तोलाकान्त भट्टराईबाट टीका जमरा लगाई आशीर्वाद लिने गरेका थिए, भने कार्यक्रममा विभिन्न संघ संस्था र ब्याक्ती बाट सांगीतिक प्रस्तुति रहे संगै सांगीतिक प्रस्तुतिले कार्यक्रममा दसैको माहोल सिर्जना गरेको थियो ।

कार्यक्रम सफल बनाउन उद्वयमान बहुउद्देश्यीय सहकारी संस्था, सिटि एक्स्प्रेस,महिला समुह,नेपाली बुद्वभिजन,अल मुधिश, अनिल केसि, गोमसारु मगर,गणेश राई,दुर्गा कार्की, मनु चौधरि, रमा श्रेष्ठ,धनकुमारि थारु, उर्मिला गुरुङ लगायत विभिन्न संस्था र ब्याक्तिले सहयोग गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहयोगी र उपस्थिति सबैलाई धन्यवाद दिदै कार्यक्रमका अध्यक्ष बिकास घलेले कार्यक्रम समापन गरेका थिए ।