Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोना युएईको दशै-तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

मोना युएईको दशै-तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७९ सोमवार • १६:५२:४६ बजे
  • 868
    SHARES
  • मोना युएईको दशै-तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

    युएई- म्याग्दी प्रवासी नेपाली सघ (मोना) राष्ट्रिय कार्यकारी समिति युएईले दशै, तिहार र छठ पर्वको अवसरमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    images

     मोना युएईले युएईस्थित डेरामा अध्यक्ष सुबास राम्जालीको अध्यक्षता र मोना आईईसीका उपाध्यक्ष ईन्जिनियर नन्द गर्बुजाको प्रमुख आतिथ्यतामा २३ अक्टोबरका दिन शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमको संचालन महासचिब काजिमान बुढाथोकी मगरले गरेका थिए भने स्वागत मन्तव्य किरण खत्रीले दिएका थिए ।

    मोना युएईले हरेक वर्ष दशै तिहारको विशेष अवसर पारेर शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रममा रिङ माया पुनले थाली नाच प्रस्तुत गरेकी थिइन । थम सुनारले सालैजो गीत गायर दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यसैगरी सुबास राम्जालि र प्रदिप सुबेदीले  पनि सांगीतिक प्रस्तुति दिएका थिए । यमुना रोका र खिमा रोकाले नृत्य प्रस्तुत गरेका थिए ।

    मोना युएईले भाग्यशाली चिठ्ठा कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा हातेमालो समुह अबुधाबीका अध्यक्ष भोला ढकाल र नेप्लिज सोसियल स्पोर्ट्स ग्रुपका अध्यक्ष जीवन सिग्देल लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।
    मोना युएईले कार्यक्रममा नेपाली परिकार अचार र सेल रोटीको ब्यबस्था गरेको थियो । साथै क्रुजका तर्फदेखि पनि रमाइलो प्रस्तुति रहेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology