कुवेत - वैदेशिक रोजगारीका लागि कुवेत आएका एकनाथ कोईरालाले आत्महत्या गरेका छन ।
काठमाडौँ भैसीपाटी घरभई कुवेतस्थित कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा कार्यरत एकनाथले अक्टोबर २२ शनिवारका दिन आत्महत्या गरेका हुन ।
कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा मृतक बिगत १ दशक भन्दा बढी समयदेखि कार्यरत थिए । मृतक कोईरालाको घरमा श्रीमति र दुई छोरीहरु छन । कम्पनिको आवासमा मृत्यु भएको अवस्थामा कोईराला भेटिएका थिए ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिब श्रीकृष्ण शिलवालका अनुसार मृतकको निधन भएको प्रारम्भिक जानकारी दूतावासलाई प्राप्त भईसकेको छ । मृतकको शवलाई नेपाल पठाउन आवश्यक कागजी प्रक्रिया भईरहेको छ । कानूनी प्रकिया पुरा भए पश्चात छिटै मृतकको शव नेपाल पठाउने जानकारी दिएका छन ।