कुवेत - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपालीहरुको महानचाड दिपावलीको अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कुवेतको मङ्गाफस्थित मेमोरिस हलमा अक्टोबर २६ तारिखका दिन देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रम शुरुवात तोकिएको समयभन्दा ढिला नै शुरुवात भएको थियो । कुवेतमा नेपाली समाजले आयोजना गर्ने हरेक कार्यक्रम ढिला नै शुरुवात हुने गर्दछ। कार्यक्रममा एनआरएनए कुबेतका अध्यक्ष रनध्वज लामाकाे सभापति तथा नेपाली दुताबास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालको प्रमुख आतिथ्यता रहेको थियो । भने विशेष अतिथिमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद आईसिसि सदस्य हरि लावति/ माधव पौडेल नेपाल पत्रकार महासंघ कुवेतका सहसचिब हरि बानियाँ जनसंपर्क समिति कुबेतका महामन्त्री कृष्ण पौडेल तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका संरक्षक अर्जुन तामाङ एनआरएनए कुबेतका निवर्तमान सल्लाहकार तथा समाजसेवी शिव कोइरालाकाे सहभागिता थियो । देउसी-भैलो तथा सांस्कृतिक कार्यक्रम दिप प्रज्वलन गरी नेपालको राष्ट्रियगानबाट शुरुवात थियाे भने कार्यक्रम सञ्चालन केशर घलान तामाङले गरेका थिए।
कार्यक्रम सयोजक मोहन राईले देउसी-भैलो कार्यक्रममा उपस्थिति सबैजनालाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए भने स्वागत नृत्य गंगा राईले गरेकी थिईन। देउसी-भैलो कार्यक्रममा शुभकामना दिनेमा प्रमुख अतिथि नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाल बिशेष अतिथिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आईसिसि सदस्य हरि लावति/ माधव पौडेल नेपाल पत्रकार महासंघ कुवेतका सहसचिब हरि बानियाँ जनसंपर्क समिति कुबेतका महामन्त्री कृष्ण पौडेल तथा विश्व साहित्य समाजका अध्यक्ष प्रेम कटवालले शुभकामना दिएका थिए।

कार्यक्रममा कुवेत नेपाल संस्कृतिक मञ्चको अध्यक्ष गोविन्द बराल सराेकार समाज कुवेतका प्रतिनिधि चुडाराज क्षेत्री कल्याणकारी समाजका अध्यक्ष सुभास श्रेष्ठ जनसंपर्क समिति कुबेतका सभापति राजेन्द्र बिरही सिन्धुपाल्चोक समाजका सल्लाहकार प्रदिप कार्की शिल्पी समाजका महिला उपाध्यक्ष तथा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो । स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको देउसी भैलो कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकले भरपुर मनोरञ्जन लिएका थिए ।
कार्यक्रम संयोजक मोहनकुमार राईले आफ्नो प्रस्तुती दिदै कार्यक्रम हलमा उपस्थिति सम्पूर्ण दर्शकलाई नचाएका थिए। कार्यक्रममा स्थानीय कलाकारलाई प्रशंसा पत्र प्रदान गरेको थियो भने मिडिया प्रशंसापत्र हिमाली संचार मिडियालाई प्रदान गरिएको थियो। देउसी भैलो कार्यक्रममा उपस्थिति सम्पूर्ण माहानुभावलाई मिष्ठान्न भोजनको व्यवस्था समेत गरिएको थियो। कार्यक्रमको अन्तमा उपस्थिति सबैलाई एनआरएनए कुबेतका अध्यक्ष रनध्वज लामाले दिपावलीकाे शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए।