Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली दूतावास ओमान र ओमानमा रहेका २४ वटा नेपाली सँस्थाहरुको आयोजनमा तिहार देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपाली दूतावास ओमान र ओमानमा रहेका २४ वटा नेपाली सँस्थाहरुको आयोजनमा तिहार देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७९ आइतवार • १९:४५:४७ बजे
  • 1.3K
    SHARES
  • नेपाली दूतावास ओमान र ओमानमा रहेका २४ वटा नेपाली सँस्थाहरुको आयोजनमा तिहार देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

    नेपाली दूतावास ओमान र ओमानमा रहेका २४ वटा नेपाली सँस्थाहरुले नेपालीहरुको महानचाड तिहार दिपावलीको अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    images

    ओमानमा समाजसेवा गर्ने उद्देश्यले स्थापना भएका संस्थाहरुले २८ अक्टोबर शुक्रबारको दिन सिटि फार्म हाउस सिव मस्कटमा बिहान ११ बजे देखि तिहार कार्यक्रमको आयोजना गरेको कार्यक्रम शुरुवात तोकिएको समयभन्दा ढिला नै शुरुवात भएको थियो । नेपाली समाजले आयोजना गर्ने हरेक कार्यक्रम ढिला नै शुरुवात हुने गर्दछ।

    77.jpg

    कार्यक्रमको सभा अध्यक्ष गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष विकल झा तथा कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावास ओनानका महामहिम राजदुत डोरनाथ अर्याल र विशिष्ट अतिथिमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष डिबि क्षेत्रीले गर्नु भएको थियो, भने कार्यक्रम दिप प्रज्वलन गरी नेपालको राष्ट्रियगानबाट शुरुवात थियाे ।

    स्वागत मन्तव्य जनसम्पर्क समिती ओमानका अध्यक्ष सालिक चापागाईंले राख्नु भयो । औपचारिक कार्यक्रमको संचालन पुर्ण विक पहाडी र अनिता तामाङ्गले गर्नु भएको थियो । कार्यक्रमलाई चरण बद्व रुपमा बिभाजन गरेर संचालन गरिएको थियो । कार्यक्रमलाई व्यवस्थित बनाउन मेपाली जनप्रगतिशिल मञ्च ओमानका अध्यक्ष उमेश विक, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, ओमकार तामाङ, गोमसारु मगर, पुर्ण गुरुङ, मधु गुरुङ्ग, लगायतको जिम्मेवारी रहेको थियो ।

    66.jpg

    पहिलो चरणमा अतिथि स्वागत तथा स्थापित संस्थाका अध्यक्षलाई मञ्चमा आमन्त्रित गर्दै परिचय सहित शुभकामना आदानप्रदान गरेका थिए भने स्वयंसेवकहरु लाई पनि परिचय गराउदै आ आफ्नो जिम्मेवारी दिएको थियो । ओमानमा पहिलो पटक पन्चेबाजा समुहका टिम याम प्रसाद पौडेल, एम बि मगर, भिमलाल गिरि, आकाश नेपाली,टुक बहादुर रामदाम, दिपक रम्तेल, खेम खड्काथोकी, अनिल नेपाली, जित बहादुर राणा, अर्जुन सिलवाल,दुर्गा श्रेष्ठले कार्यक्रममा आफ्नो कला प्रदर्सन गरेका थिए भने कार्यक्रम उपस्थित सबैले मनोरञ्जन लिदै रमाइलो गरेका थिए ।

    22.jpg

    प्रमुख अतिथि नेपाली दूतावास ओमानका महामहिम राजदुत डोरनाथ अर्याल भन्नू भयो , यो कार्यक्रमले निकै राम्रो सन्देश दिएको छ । प्रवासमा रहेका संस्थाहरुले यसरी सामुहिक कार्यक्रम आयोजना गर्नु सानो विषय होइन । तर ओमानमा रहेकोका नेपाली संघ संस्थाहरुले आयोजना गरेर राम्रो सन्देश दिन सफल भएको बताउनु भयो साथै उहाँले तिहारको बारेमा इतिहासमा कसरी तिहार मनाउन सुरु गरिएको थियो भन्ने विषयमा जानकारी गराउदै तिहारको शुभकामना दिनु भएको थियो ।

    त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि गैर आवासीय नेपाली संघका उपाध्यक्ष डिबि क्षेत्रीले ओमानमा रहेका नेपालीहरु सधै सन्देश मुलक कार्यक्रम गर्दै आएको बताउनु भयो ।उहाँ तिहारको शुभकामना पनि दिनु भएको थियो । कार्यक्रममा अध्यक्ष विकल झाले शुभकामना दिदै औपचारिक कार्यक्रम समापन गरेका थिए। चरण बद्व कार्यक्रम निरन्तरताको लागि अनुमति दिदै कार्यक्रम चरण बद्व रुपमा संचालनमा भएको थियो । पहिलो चरणमा सांस्कृतिक कार्यक्रम बेजोड प्रस्तुति रहेको थियो ।

    55.jpg

    कार्यक्रमको संचालन रन्जित आचार्य र सालिकराम आचार्य गरेका थिए भने विभिन्न संस्थाले सांस्कृतिक प्रस्तुति संगै बिच बिचमा जातजातिको भेषभुषा प्रदर्सन गरिएको थियो । कार्यक्रमको तेस्रो चरणमा बिंगो खेल राजेश महर्जनको नेतृत्वमा खेलाईएको थियो । खेलमा २०० भन्दा बढिले सहभागी जनाएका थिए पुरस्कारको प्रायोजक जजिरा एयरवेज, मोमो किङ्ग, अल मुधिस लगायत कम्पनीहरु गरेका थिए, भने खेलबाट विभिन्न ब्यक्ति पुरस्कार बिजेता भएकाहरुको नाम यसप्रकार रहेको छ । रमेश थापा quick पुरस्कार,संजय साहले अनलक्की र पहिलो लाइन पुरस्कार, नवीन कुमारले bottom लाइन पुरस्कार,जीवन विश्वकर्माले मिडल लाइन र प्रथम पुरस्कार नेपाल जाने आउने हवाई टिकट जितेका थिए ।

    त्यस्तै बाहिर गेटबाट प्रवेश गर्दा सहयोग स्वरुप लिएको कुपनबाट रेनिका श्रेष्ठल भाग्य चिठ्ठा पाउन सफल हुँदै उहाँले नेपाल जाने आउने हवाइ टिकट पाउनु भएको थियो । पुरस्कार वितरण गर्ने क्रममा स्वयंसेवक सेवकहरुलाई सम्मान पत्र दिएको थियो । कार्यक्रममा देउसी भैलोले निकै रौनकता छाएको थियो । देउसी भैलो कार्यक्रम संकलन टीका धिताल, र गोमा थापाले गर्नु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology