कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको पहलमा बर्दियाकी कविता रोकायको एक निजी अस्पतालमा उपचार गर्ने व्यबस्था मिलाएको छ ।
रोजगारीको सिलसिलामा घरेलु कामदारको लागि कुवेत पुगेकी रोकाय स्वास्थ्यमा केही समस्या भएको कारणले गर्दा कुवेतीको घरमा काम गर्न नसकेको बताउने कवितालाई एनआरएनए कुवेतको सहयोगमा निजी अस्पतालमा स्वास्थ्य चेकजाच गरि औषधिसमेत उपलब्ध गराइएको एनआरएनए कुवेतले जनाएको छ ।
बर्दिया बासगढी नगरपालिकाकी २५ वर्षीया कविता रोकाय (नाम परिवर्तन)ले दुई महिनापछि नै स्पोन्सरको घरबाट भागेपछि यो समस्या आएको हो । पीडित कविता कुनै एक व्यक्ति साहारामा बस्दै आएकी छिन् ।सामाजिक सञ्जालमा भिडियो पोस्ट भएपछि एनआरएनए कुवेत र पत्रकार महासंघ कुवेतको प्रतिनिधिले पीडित रोकायलाई भेटघाट गरि जानकारी लिएको थियो ।
नेपालबाट एकजना व्यक्तिले कुवेतमा रहेका शिव (नाम परिवर्तित)लाई फोन गरेर बिरामी बहिनीको भिडियो बनाउन लगाएपछि त्यो भिडियो नेपाल पठाईएको थियो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अहिले पीडित कविताको अवस्था सामान्य रहेको छ। अस्पतालमा उपचार गराउन लागेको सम्पूर्ण खर्च एनआरएनए कुवेतले सहयाेग गर्ने बताएको छ । अध्यक्ष लामाले उपचारपछि नेपाली दुतावास कुवेतको पहलमा नेपाल पठाउन लागेको जानकारीसमेत गराएको छ ।
नेपाल जाने तयारीमा रहेका पीडित रोकाय नेपाल दूतावास कुवेतको सम्पर्कमा केही दिन नआएको र हाल सम्पर्कमा आईसकेकाे समेत दुतावासले जनाएको छ । नेपाली राजदूतावास कुवेतका श्रमसहचारी हेमकुमार अधिकारीले स्वदेश फर्काउने प्रक्रिया भइरहेको जानकारी दिएका छन।
कुवेतमा ( हाउसमेड) घरमा काम गर्ने महिलाहरुको लागी नेपाल सरकारबाट प्रतिबन्धित भएपनि नेपालबाट विभिन्न सेटिङमा कुवेत अझैपनी आईरहेका छन्। यसरी कुवेत आएका नेपाली दिदीबहिनीहरुमा नेपालबाट कुवेत आउँदा सामान्य तालिमसमेत पाएका हुँदैनन्। नेपाली एजेन्टले पासपोर्ट बनाउनेदेखि सम्पूर्ण खर्च लाग्ने लागत तिरेर नेपाली चेलीबेटीहरुलाई खाडी पठाइरहेका छन।
वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्। बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ। नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया, दुबई, साउदी अरब, कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन।