Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओखलढुंगामा बाबुले गरे दुई वर्षीया छोरीको हत्या

ओखलढुंगामा बाबुले गरे दुई वर्षीया छोरीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७९ मंगलवार • १२:१२:०१ बजे
  • 628
    SHARES
  • ओखलढुंगामा बाबुले गरे दुई वर्षीया छोरीको हत्या

    ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ अधेरीमा दुई वर्षीया बालिकाको हत्या भएको छ।

    images

    बुबा ३७ वर्षीय राजेन्द्र राईले सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको हत्या गरेका हुन्। राति मदिरा सेवन गरी घर आएका राईले वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए।

    यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्। राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको जिल्ला प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।

    घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology