Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा उधौली मनाउने

कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा उधौली मनाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७९ शनिवार • २०:१५:४९ बजे
  • 718
    SHARES
  • कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा उधौली मनाउने

    कुवेतमा तीन किराती सस्थाले सयुक्तरुपमा किरातीहरुको महान चाड उधौली पर्व मनाउने भएको छ ।

    images

     “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रियाशील तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ, येले तङ्बे, येले थोचे ५०८२ आगामी ९ डिसेम्बर २०२२ मा मनाउने लागिएको हो ।

    तीन किरातीहरु एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथ उदाहरणका रुपमा कुवेतमा तीन किरातीहरुले बिगत केहि वर्ष यतादेखि संयुक्तरुपमा चाडहरु मनाउँदै आइरहेका छन्। यसै अनुरुप यसपाली पनि तीन किराती संस्थाहरुले संयुक्त रुपमा उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ, येले तङ्बे, येले थोचे ५०८२  कार्यक्रमको आयोजना गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले बताए ।

    “संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो त्यसैले संस्कार संस्कृतिलाई जगेर्ण गर्दै भावी पुस्ताहरुलाइ पनि ती संस्कार संस्कृति हस्तान्तरण गर्ने जिम्मेवारी यो पुस्ताको हो यस कारण हामिले हाम्रो बिरासतलाइ सधैं गौरवका साथ कायम राख्नुपर्दछ” भन्नेमा अध्यक्ष राईलाइ जोड दिए।
    राइले उक्त दिन कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतमा कार्यरत स्म्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ आग्रह गरेका छन्।

    कार्यक्रमको विवरण 
    मिति: ९ डिसेम्बर २०२२
    समय: दिउसो ठिक १२ बजे
    स्थान: कोहिनुर इन्टरनेस्नल होटेल फाहाहिल

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology