ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास ओमान, नेपाली सोसल क्लब ओमान तथा ओमानस्थित सम्पूर्ण संघसंस्थाहरू मिलेर शुक्रवार एक वाकाथन कार्यक्रम सम्पन्न भएको छ । सो वाकाथन कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षणहरू प्रदर्शन गरिएको थियो।
पञ्चेबाजा बजाउने बाद्यकहरू नेपाली दौरा शुरूवाल सहितको राष्ट्रिय पोसाकमा सजिनु भएको थियो भने तामाङ्, गुरूङ् र मगर समुदायले आफ्नो परम्परागत भेषभुषा तथा झाँकी प्रदर्शन गर्नु भएको थियो। साथै कार्यक्रममा सहभागी अन्यले Long Live Nepal-Oman Relations लेखिएको र नेपाल र ओमानको झण्डा अंकित नेपाल र ओमानको झण्डा कै रंगमा बनाईएको विशेष टिसर्ट लगाएका थिए।
प्रेस विज्ञप्ति

ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास ओमान, नेपाली सोसल क्लब ओमान(NRNSC) तथा ओमानस्थित सम्पूर्ण संघसंस्थाहरू मिलेर आज २०७९ मंसिर ०९ गते (२५ नोभेम्बर २०२२) शुक्रवार एक वाकाथन कार्यक्रम आयोजना गरियो। वाकाथन कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षणहरू प्रदर्शन गरिएको थियो। पञ्चेबाजा बजाउने बाद्यकहरू नेपाली दौरा शुरूवाल सहितको राष्ट्रिय पोसाकमा सजिनु भएको थियो भने तामाङ्, गुरूङ् र मगर समुदायले आफ्नो परम्परागत भेषभुषा तथा झाँकी प्रदर्शन गर्नु भएको थियो। साथै कार्यक्रममा सहभागी अन्यले Long Live Nepal-Oman Relations लेखिएको र नेपाल र ओमानको झण्डा अंकित नेपाल र ओमानको झण्डा कै रंगमा बनाईएको विशेष टिसर्ट लगाउएका थिए।
कार्यक्रम नेपाली राजदूतावास नजिकबाट शुरू भएर नजिकैको समुन्द्री किनार हुँदै करिब ३ कि.मि. अगाडि रहेको परराष्ट्र मन्त्रालय अगाडि रहेको खुल्ला स्थान अगाडि गएर टुंगिएको थियो। शुक्रबार सार्वजनिक विदाको दिन भएकोले समुन्द्री किनारमा मानिसहरूको भिडभाड रहेको थियो भने बाटोमा पनि धेरै मानिसहरूले चाख लिएर हेरिरहेका थिए। सहभागिताकालागि वाकाथनको रूटमा पर्ने समुन्द्री किनार वासपासका करिब १५ वटा रेस्टुरेन्टहरू तथा त्यहाँ उपस्थित ग्राहकहरूलाई सहभागी हुन अनुरोध गरिएकोमा उल्लेख्य सहभागिता रहेको थियो विशेष गरी पाँचतारे होटल इन्टरकन्टिनेन्टल र W होटलबाट समेत पाहुनाहरू सहभागी भएका थिए।
राजदूत अर्यालले कार्यक्रमको अन्त्यमा ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओमानका महाराजा सुल्तान हाइथाम बिन तारिकको सुस्वास्थ्य एवम् दिर्घायुको कामना तथा ओमानी नागरिकहरूको सुख, शान्ति एवम् सम्बृद्धिको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो । साथै उहाँले कार्यक्रका सहभागीहरू, ओमानस्थित सम्पूर्ण संघसंस्थाहरू, आयोजक समिति, यसमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो।
ओमानमा नेपाली समुदायले पहिलो पटक आयोजना गरेको यस प्रकृतिको कार्यक्रममा आमन्त्रित पत्रकार तथा अन्य सहभागीहरू, महामहिम राजदूत लगायत सम्पूर्ण दूतावास परिवार तथा ओमानस्थित नेपाली संघसंस्थाका पदाधिकारी एवम् ओमानमा बस्ने नेपालीहरू गरी करिब ४०० सहभागीको उपस्थिति रहेको थियो। कार्यक्रममा ओमान प्रहरीले स्कर्टिङ गरेको थियो भने आपतकालीन अवस्थाको लागि बदर अल समा अस्पतालको सहयोगमा एउटा एम्बुलेन्स उपलब्ध गराइएको थियो।