Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा तीन किराती संस्थाद्वारा आयोजना गर्न लागिएको उधौली साकेला कार्यक्रमको सम्पूर्ण तयारी पूरा

कुवेतमा तीन किराती संस्थाद्वारा आयोजना गर्न लागिएको उधौली साकेला कार्यक्रमको सम्पूर्ण तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर २०, २०७९ मंगलवार • ०९:०३:१६ बजे
  • 3.9K
    SHARES
  • कुवेतमा तीन किराती संस्थाद्वारा आयोजना गर्न लागिएको उधौली साकेला कार्यक्रमको सम्पूर्ण तयारी पूरा

    कुवेत - कुवेतका तीन किराती संस्था किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोक्खा कुवेतर सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइरहेको साकेला उधौली चाड कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले जानकारी दिएका छन् l

    images

    “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ तीन किराती संस्थाहरुले आगामि ९ डिसेम्बर शुक्रवारका दिन संयुक्तरुपमा आयोजना गरिएको किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येलेदोङ,येले तम्बे,येले थोचे ५०८२ कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न साँस्कृतिक झाँकीका साथ धुमधामले मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।

    उक्त कार्यक्रममा कुवेतमा कार्यरत किरातीहरुलाई आफ्नो भेषभुषामा सजिएर आफ्नो मौलिक नृत्यमा सहभागिता जनाई चाड मनाउन र गैर किराती दिदीबहिनी तथा दाजुभाइहरु लगाएत मिडियाकर्मीहरु, संघ संस्थाहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकारहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् । साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजवी ज्यूहरुलाई पत्राचार गरिसकेको र कहीं कतै भुल भइ छुट्न गएको खण्डमा यहि समाचारलाई आधार मानी गरिमामय उपस्थितिको लागि किराया कुवेतका अध्यक्ष मन्जित चाम्लिङराईले आग्रह गरेका छन् l

     

    कार्यक्रमको विवरण

    मिति: ९ डिसेम्बर २०२२

    समय: बिहान १२ बजे

    स्थान: कोहिनुर इन्टरनेस्नल होटेल फाहाहिल

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology