कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्नेनाराका साथ हिजो ४ डिसेम्बर शुक्र्बारको दिन कुबेतको फाहाहिलस्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा किरातीहरुको महान चाड साकेला उधौली,चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तङ्बे, येले थोचे ५०८२ उधौली साकेला भव्यताको साथ सम्पन्न भएको छ ।

सुनुवार सेवा समाज शाखा कुवेतका सल्लाहकार भक्त राम सुनुवारको सभापतित्वमा भएको कार्यक्रममा नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई किरात राई यायोक्खा कुबेतका उपाध्यक्ष- नैना कला राई र सचिव रोशन राईले संयुक्तरुपमा संचालन गरेका थिए । कार्यक्रममा बिशिष्ट अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष रण्धोज लामा, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघ कुवेतका उपाध्यक्ष एकराज मल्ल ठकुरी लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो । किरात राईयायोक्खा शाखा कुवेतका सक्रिय सदस्य माया राईले स्वागत मन्तब्यद्वारा उपस्थिति सम्पूर्णलाई स्वागत गरेका थिए।
कार्यक्रममा सभापति, प्रमुख अतिथि र विशेष अतिथिहरुले संयुक्तरुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्तरुप दिईएको थियो ।मन्तव्यको क्रममा प्रमुख अतिथि राजदूत दुर्गा प्रसाद भण्डारीले बोल्दै प्रवासी भुमी कुवेतमा रहेरपनि आफ्ना मौलिक चाडपर्व, रिति रिवाज परम्परा जोगाउनु, मनाउन पाउनु ठुलो कुरा रहेको वताए ।"किराँतीहरुको यो राष्ट्रिय चाड मनाउन जसरी ठूलो जनमानसमा आज ३ वटा किरात संस्थाहरु एकजुट भएर लागेका छ्न यो दिगो रुपमा रहोस भन्ने कामना गरे । किराती धर्म सस्कार, सस्कृती, परमम्परा आगामी दिनमा अझै व्यापक रुपले मनाउन पाइयोस भन्दै शुभकामना व्यक्त गरे।
त्यसैगरी मन्तव्य दिने क्रममा कार्यक्रममा विशिष्ट अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष रण्धोज लामा, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, प्रत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष एकराज मल्ल ठकुरी, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बु, किरातयाक्थुङ चुम्लुङ कुवेतका सल्लाहकार बल बहादुर काम्बाङ, किरात राई यायोक्खा शाखा कुवेतका अध्यक्ष मन्जित राई, NRNA आइसिसी सदस्य- हरि लावती, लगायतले शुभकामना ब्यक्त गरेका थिए । किराँत समुदायले प्रत्येक वर्ष मंसिर पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौली चाडका रुपमा मनाउने गर्दछन्। अन्नबाली भित्र्याउने समय मंसिरमा साकेला उधौली र बिउबिजन लगाउने महिना वैशाखमा साकेला उभौली मनाउने गरिन्छ ।
साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका किरातीहरुले आफ्नो समुदायका मान्छेहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए। साथमा किराँत संस्कृतिका साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा, चमरलगायत बजाइएको थियो।कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच,लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच,सांगातिक प्रस्तुतिहरु रहेको थियो भने तीनवटा किरात संस्थाका कलाकारहरुले एकल गीत एकल नृत्य युगल तथा सामुहिक नृत्य गरी उपस्थित सम्पूर्ण दर्शक लाई मनोरञ्जन प्रदान गरेको थियो । आयोजकले कार्यक्रमा सागीतिक प्रस्तुति गर्ने कलाकारहरु मिडियासाथै सहयोगीलाई प्रमाण पत्रले सम्मान गरेको थियो । साथै उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजनको ब्यबस्था गरिएको थियो।
अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति भक्त राम सुनुवारले कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, पत्रकारहरु, तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।