Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा आत्महत्या गरेकी कल्पनाको शव स्वदेश पठाउन आर्थिक संकलन (विवरण सहित)

कुवेतमा आत्महत्या गरेकी कल्पनाको शव स्वदेश पठाउन आर्थिक संकलन (विवरण सहित)

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष ५, २०७९ मंगलवार • १८:१२:२५ बजे
  • 1.7K
    SHARES
  • कुवेतमा आत्महत्या गरेकी कल्पनाको शव  स्वदेश पठाउन आर्थिक संकलन (विवरण सहित)

    कुवेत -  वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आई आत्महत्या गरेकी कल्पना राईको शव स्वदेश पठाउनका लागि युके र कुवेतका विभिन्न संस्थाबाट ५२७ कुवेती दिनार ७५० फिल्स रकम सङ्कलन गरिएको छ ।

    images

    मृतक कल्पनाको शव नेपाल पठाउन लाग्ने खर्च ३८५ कुवेती दिनार नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाललाई हस्तान्तरण गरिएको छ भने, बाकी रहेको १४२ दिनार ७५० फिल्स रकम मृतकको काजक्रियाको लागि उनको परिवारलाइ नेपाल पठाउने किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राइले जानकारी दिए।

    खोटाङ ऐसेलुखर्क-५ फुर्सेकी कल्पना राईले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरेकी थिईन ।घरेलु कामदार (राहदानी नम्बर १०६८४८०५)को रुपमा कुवेत आएकी कल्पना अवैधानिक रुपमा लुकीछिपी बस्दै आएकी थिइन ।

    अवैधानिक रुपमा लुकीछिपी काम गर्दै आएकी कल्पनाको मृत्यु भए पछि शव नेपाल पठाउन केही ढिलाई भएपनि कानूनी प्रक्रिया पुरा गरेर नेपाल पठाउनुपर्ने भएको कारणले गर्दा केही समय लागेको बताइएको छ।

    देशमा रोजगारीको अवसर नहुँदा दैनिक युवा/ युवती  रोजगारीका लागि विश्वका विभिन्न देशमा गइरहेको छन्। रोजगारीका लागि विदेश पलायन भएका युवाले पनि सोच अनुरुपमा सेवा सुविधा पाउन सकेका छैनन।

    रोजगारीमा जाने तयारी गरेदेखि विदेशमा पुगेपछि पनि युवा ठगी बढ्दो छ। रोजगारीका लागि विदेश जाने तयारी गर्दै गर्दा युवा-युवती  केही मात्रै सचेत भएको अवस्थामा पनि ठगीबाट जोगिन सकिन्छ।

    अहिले गाउँ-गाउँमा रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै प्रलोभनमा पार्ने दलालको बिगबिगी छ। वैदेशिक रोजगारमा आउदा जहिले  पनि वैधानिक रुपमा आउने र बैधानिक रुपमा काम गर्दा कुनै पनि कामदारलाई समस्या वा  कामदारको मृत्यु भएमा वैदेशिक रोजगार विभाग तथा विदेशस्थित नेपालीदूतावासले सहयोग गर्ने गरेका छन।

    यदि अवैधानिक व्यक्तिको मृत्यु भएमा कानुनी समस्या जटिलता आर्थिक अभावकै कारणले शव नेपाल पठाउन समस्या हुने गरेको छ। अवैधानिक भएर काम गर्नुहुँदैन। एउटा उदाहरण कल्पनाराईकाे शव नेपाल पठाउन लगभग एक महिना जति नै लाग्ने भयो। कानुनी जटिलता आर्थिक अभावको कारणले गर्दा नै ढिलो भएको हो। त्यसकारण पनि सकेसम्म अवैधानिक हुने कोशिश गर्न हुदैन ।

    कल्पना राईको शव नेपाल पठाउन संकलन गरेको रकमको विवरण यसप्रकार छ:-

    १) किरात राई यायोक्खा कुवेत - १५० केडि

    २) नेपाली साँस्कृतिक समाज युके - १३० केडि

    ३) ट्याक्सी व्यवसायी संघ कुवेत - ५१ केडि

    ४) सुनुवार सेवा समाज कुवेत - ५०.७५० केडि

    ५) तमु सेवा समाज कुवेत - ३५ केडि

    ६) किरात याक्थुङ चुम्लुङ कुवेत - ५१ केडि

    ७) एनआरएनए कुवेत - ५० केडि

    ८) हिमाली संसार अनलाइन मिडिया - १० केडि

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology