Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१६ दिनदेखि कुवेतमा बन्धक भएकी महिलाको राजेन्द्र बिरहीले गरे उद्धार

१६ दिनदेखि कुवेतमा बन्धक भएकी महिलाको राजेन्द्र बिरहीले गरे उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७९ मंगलवार • १९:१८:४३ बजे
  • 1.1K
    SHARES
  • १६ दिनदेखि कुवेतमा बन्धक भएकी महिलाको  राजेन्द्र बिरहीले गरे उद्धार

    कुवेत - वैदेशिक रोजगारीको सिलसिलामा घरलु कामका लागि कुवेत आएकी भानु नगरपालिका–२ तनहुँकी गिता विक (परिवर्तित नाम)को उद्धार गरिएको छ । उनी घरेलु कामका लागि एक महिना अघिमात्र कुवेत आएकी थिइन । उनलाई १६ दिनसम्म बन्धक बनाइएको थियो ।

    images

    तीन बच्चाकी आमा गीतालाई सबिना रानामगरको सहयोगमा नेपाली जनसम्पर्क समिति कुवेतकोसभापति तथा नेपाली कांग्रेस महासमिति सदस्य राजेन्द्र रसाइली बिरहीले उद्धार गरेका हुन् । गीताको श्रीमान रोगजारीको सिलसिलामा दुवैमा छन । तीन छोरीहरुलाई माइतीमा छाडेर धन कमाउने सपना बोकेर कुवेत उडेकी उनले घर मालिक राम्रो नभएको कारण आफूलाई महिला बेचबिखन कार्यालयमा पुर्याइएको बताइन । आफूसहित तीनजनालाई १६ दिन सम्म तनाब दिएर राखेको भन्दै रुदै सुनाइन । कामका लागि लगिएको घरमा मोबाइल चलाउन नपाउने,अध्यारो कोठाभित्र थुन्ने,कसैसँग सम्पर्क गर्न नदिने र विभिन्न यातना दिन थालेपछि मात्र आफू बेचिएको उनले थाहा पाएकी थिइन् ।

    आफूसँगै अन्य तीन महिला अझै बन्धक बनाइएको उनले बताएकी छिन । साथीहरु मध्ये एक जनाले लुकाएर लगेको मोबाइलबाट श्रीमानसँग राति कुरा गरेपछि उनको उद्धार कार्य अघि बढेको थियो ।बन्धक भएका साथीहरुको मोबाइल पनि अहिले खोसिएको उनको भनाइ छ । आफूसँगै बन्धक बनाइएका साथीहरु सम्झेर भावुक हुँदै उनले भनिन,‘म सँगै तीनजना साथीहरु पनि बन्धक भएका थिए, उनीहरुको साथमा मोबाइल छैन, खोसिएको छ, उनीहरुको उद्धार कस्ले गर्ला ।’ चितवनको चिनजानकी एक महिलामार्फत उनी कुवेत पुगेकी थिइन् ।

    गीता बन्धक बनाइएको सबिना रानाले जानकारी पाएलगत्तै रसाइलीलाई सम्पर्क गरेकी थिइन् ।रसाइली कुवेतस्थित नेपाली दुतावासमा सम्पर्क गरेर गीतालाई छिटो उद्धार गर्न सफल भएका हुन ।लामो समय देखि कुवेतमा कार्यरत रसाइलीले कामको सिलसिलामा पुगेका नेपालीहरुको समस्या समाधान गर्दै आएका छन । रसाइलीले गीतालाई कुवेत पठाउने महिला भेटाउनेलाई १० हजार रुपैयाँ पुरस्कार दिने सामाजिक सञ्जालमा राखेअनुसार ती महिला नभेटिएपछि उनले सो रकम पीडित गीतालाई प्रदान गरेका छन ।

    महिला संघ भानुकी अध्यक्ष विष्णुमाया श्रेष्ठ, उपमेयर आशा गोतामे, वडाध्यक्ष केशरराज त्रिपाठी र महिला अगुवाहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । रसाइलीले गीतासँगै बन्धक बनाइएका तीन महिलाहरुको उद्धारको लागि माइती नेपालसँग सम्पर्क गरीरहेको बताए ।

     

     

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology