कुवेत - वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएका नगेन्द्र थापा क्षेत्री सम्पर्क बिहिन भएका छन। पाल्पा जिल्ला माथागढी गाउँपालिका दोहोरा निबासी नगेन्द्र थापा क्षेत्री गत शनिबारदेखि सम्पर्क बिहिन भएका हुन।
कुवेतको महाबुल्लास्थित आफ्नो कोठाबाट बाहिर हावा खान जान्छु भनेर श्रीमती सङ्ग फोनमा कुराकानी गर्दै निस्किएका थिए । नेपालको समय बेलुकी ८:४० सम्म श्रीमती सङ्ग फोनमा बोलिरहेको समयमा अर्कै भाषाको आवाजमा श्रीमानलाई कसैले केही भनेको आवाज सुनेको र त्यस पश्चात् फोन राख म कोठा फर्केपछि कल गर्छु भनेका थिए । तर दस मिनेटपछि कल गर्दा मोबाईल स्विच अफ भैइसकेको श्रीमतीले बताएकी छिन |
बिगत आठ बर्षदेखि कुवेतमा कार्यरत थापाको खोजीको लागि नेपाली दूतावास कुवेतलाई जानकारी गराईएको उनका गाउँका साथी हरि थापाले बताए । आखिर के कारण उनी सम्पर्क बिहिन भए रहस्यमय रहेको छ । यस बिषयमा नेपाली दूतावासमा बुझ्दा दूतावासलाई जानकारी आएदेखि नै थापाको खोजीको लागि पहल गरिरहेको तर स्थिती पत्ता लाग्न नसकेको जानकारी श्रम सहचारी हेमकुमार अधिकारीले बताए ।
कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरु कसैले नगेन्द्र थापा क्षेत्रीलाई देख्नु भएमा वा उनको बारेमा केही जानकारी भएमा नेपाली दूतावास कुवेत वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन समेत अनुरोध छ।
सम्पर्क हरि थापा =९४०२३१०१