कुवेत - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले माधब शाही स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
कुवेतमा रहेर सकृय पत्रकारिता गर्ने एक जना उत्कृष्ट पत्रकारलाई शाखाको स्थापना दिवसको अवसरमा स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार प्रदान गरिने अध्यक्ष नबराज पन्थीले जानकारी दिएका छन ।
वैदेशिक रोजगारका लागि कुवेत आएका पत्रकार शाहीको गत वर्ष निधन भएको थियो । स्वर्गीय पत्रकार शाहीले कुवेतमा कार्यरत रहेर सकृय पत्रकारिता गरेका थिए । साथै विभिन्न संघ-संस्थामा समेत आबध्द रहेर सामाजिक कार्य गरेका थिए ।कुवेतमै अस्ताएका शाहीले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै उनको सम्झनामा माधव शाही स्मृती कोष खडा गरेको थियो ।
अध्यक्ष नबराज पन्थीको अध्यक्षतामा फर्वानिया स्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा २३ डिसेम्बरका दिन बसेको बैठकले ७५ केडी पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।