Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतबाट सन् २०२२ मा ३० हजार आप्रवासीलाई देश निकाला

कुवेतबाट सन् २०२२ मा ३० हजार आप्रवासीलाई देश निकाला

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष १९, २०७९ मंगलवार • ११:५६:०५ बजे
  • 1.3K
    SHARES
  • कुवेतबाट सन् २०२२ मा ३० हजार आप्रवासीलाई देश निकाला

    कुवेत - कुवेत सरकारले सन् २०२२ मा ३० हजार आप्रवासीहरुलाई देश निकाला (डिपोर्ट) गरेको छ । 

    images

    कुवेतको आन्तरिक मन्त्रालय (ministry of Interior- MOI) का अनुसार, आप्रवासीहरूलाई  गरैकानूनी कार्य, आपराधिक मुद्दा र दुराचारमा संलग्न भएको कारणले देश निकाला गरिएको हो ।

    कुवेत सरकारले १७ हजार पुरुष र १३ हजार महिलालाई देश निकाला गरेको छ । देश निकालामा परेका १७ हजार पुरुष मध्ये सबै भन्दा बढी ६ हजार ४ सय भारतीय नागरिक रहेका छन । त्यसैगरी ३ हजार ५ सय बंगलादेश र ३ हजार इजिप्टका र अन्य देशका रहेका छन्  ।

    त्यसैगरी देश निकाला हुने महिलाको कुल संख्या १३ हजार मध्य धेरैजसो फिलिपिन्स ३ हजार, २६ सय श्रीलंकाली, १ हजार ७ सय भारतीय, १ हजार ४ सय इथोपिया र अन्य देशका रहेका छन् ।

    कुवेतमा आपराधिक मुद्दा, गैरकानूनी कार्य मदिरा उत्पादन , लागूऔषध ओसारपसार, बेचबिखन र अन्य अनैतिक कार्यमा सङ्लग्न हुने आप्रवासी देश निकाला भईसके पश्चात् पुनः कुवेत फर्किन पाउने छैन।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology