Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतको अल मुजैनी एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा तीन जना नेपालीले जिते पुरस्कार

कुवेतको अल मुजैनी एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा तीन जना नेपालीले जिते पुरस्कार

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष २५, २०७९ सोमवार • ००:३३:३८ बजे
  • 1.3K
    SHARES
  • कुवेतको अल मुजैनी एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा तीन जना नेपालीले जिते पुरस्कार

    कुवेत - अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल  महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा  तीन जना नेपालीले नगद पुरस्कार जितेका छन ।

    images

    B28F5BB4-A7F5-4D2C-88FE-201C59AE4AA4.jpeg 

    अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल  महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउदा राफल ड्र द्वारा गणेश त्रीपाठी, तिलक कार्की र चन्द्र बहादुर आलेले नगद पुरस्कार जितेका हुन । उनीहरुले अल मुजैनी एक्सचेन्जको सर्त पूरा गरी नेपाल पैसा पठाउँदा प्रतिव्यक्ति नगद रु २० हजार जितेका हुन ।

    8934F6FB-57BA-411D-B163-3F35DC9830B9.jpeg

    अल मुजैनी (Al Muzaini) एक्सचेन्ज कुवेतका विभिन्न शाखाहरुबाट नेपाल पैसा पठाउदा नेपाली दस लाख बढी पुरस्कार जित्न सकिने छ । अल मुजैनी एक्सचेन्जले नोभेम्बर १७, २०२२ देखि फेब्रुवरी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूका लागि नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ लिएको हो ।

    270E4161-CE7D-4AC5-848E-5E79E1722C42.jpeg

    अल मुजैनी एक्सचेन्ज कुवेतको कुनै पनि शाखाहरुबाट नेपाल रेमिट्यान्स कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन (दस लाख) बढी नेपाली रुपैयाँ नगद पुरस्कार जित्न सक्ने छन । मुजैनीबाट पैसा पठाउदा पुरस्कारको लागि कुनै पनि कुपन भर्न पर्ने छैन ।

    अल मुजैनी एक्सचेन्जबाट पैसा पठाउदा हरेक हप्तामा ४ जना विजेताहरु हुनेछन । प्रति विजेताले ५० कुवेती दिनार तथा ने. रु. २० हजार प्राप्त गर्ने छन । हरेक महिना ने. रु. एक लाख  वा कुवेती २५० दिनार एक जना विजेताले प्राप्त गर्ने छन । साप्ताहिक विजेता संख्या - ५२ जना हुने छन भने ३ जना मेघा पुरस्कार सहित कुल विजेता ५५ जना हुनेछन ।तपाईहरु पनि अल मुजैनी एक्सचेन्ज मार्तफ पैसा नेपाल पठाएर धेरै पुरस्कार जित्न सक्नु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology