Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल कुवेत साँस्कृतिक मन्चको १४औं वार्षिकोत्सव तथा २१औं साँस्कृतिक कार्यक्रम १० मार्चमा हुने 

नेपाल कुवेत साँस्कृतिक मन्चको १४औं वार्षिकोत्सव तथा २१औं साँस्कृतिक कार्यक्रम १० मार्चमा हुने 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७९ सोमवार • १५:००:४० बजे
  • 805
    SHARES
  • नेपाल कुवेत साँस्कृतिक मन्चको १४औं वार्षिकोत्सव तथा २१औं साँस्कृतिक कार्यक्रम १० मार्चमा हुने 

    कुवेत - नेपाल कुवेत साँस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन २१ औं साँस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन गर्दै आगामी १० मार्चमा मनाउन लागिएको आयोजकले जनाएको छ  । 

    images


    विविध समस्या अर्थात् प्राबिधिक कारण  जनाउदै पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन गर्दै आउदो मार्च १० तारिख शुक्रबारको  दिन कार्यक्रम गरिने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन  । पुर्व घोषित मिति परिवर्तनले पर्न गएको  समस्या प्रति नेपाली संघ-सस्था, समाजसेवी, बुद्दिजिबी, खेलाडी, कलाकार, पत्रकार लगायत कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनी सबै सँग आयोजक सस्थाको तर्फबाट अध्यक्ष बरालले क्षमा समेत मागेका छन ।

    “हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै कुवेतका नेपाली संघ संस्थाहरुसंग हातेमालो गर्दै आएको छ ।

    नेपाल कुवेत सांस्कृतिक मन्चको १४ औं वार्षिकोत्सब तथा २१ औं सास्कृतिक कार्यक्रमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मन्च अध्यक्ष् गोबिन्द बरालले बताउदै उक्त मितिमा कुनै पनि कार्यक्रम नजुधाइदिनु हुन अनुरोध समेत गरेका  छन ।

    कार्यक्रम:-१४ औं वार्षिकोत्सब तथा २१ औं सांस्कृतिक कार्यक्रम

    स्थान :-जिलिप स्थित पपिन्स हल

    मिति :-मार्च १० तारिख, शुक्रबार

    आयोजक :- नेपाल कुवेत सास्कृतिक मन्च

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology