Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल तामाङ घेदुङ कुवेतले ०३ फ्रेब्रुअरीमा अतिथि कलाकार विश्व दोङ्को साथ ल्होछार मनाउने

नेपाल तामाङ घेदुङ कुवेतले ०३ फ्रेब्रुअरीमा अतिथि कलाकार विश्व दोङ्को साथ ल्होछार मनाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७९ मंगलवार • २१:३१:१४ बजे
  • 1.2K
    SHARES
  • नेपाल तामाङ घेदुङ कुवेतले ०३ फ्रेब्रुअरीमा अतिथि कलाकार विश्व दोङ्को साथ ल्होछार मनाउने

    कुवेत- नेपाल तामाङ घेदुङ कुवेतले आगामी ०३ फ्रेब्रुअरीमा अतिथि कलाकार विश्व दोङ्को साथ ल्होछार मनाउने भएको छ ।

    images

    कुवेतमा हरेक बर्ष जस्तै यो बर्ष पनि बौद्ध धर्मावलम्बिहरुको नयाँ बर्ष सोनाम ल्होछार अतिथि कलाकारको साथ मलाउन लागेको हो । नेपाल तामाङ घेदुङ कुवेतले अतिथि कलाकार विश्व दोङ सहित मन्जुश्री संवत् २८५९ तावार ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको तयारिमा जुटेको कार्यक्रमका संयोजक संस्कृति घेदुङका अध्यक्ष हिमाल लामाले जानकारी दिएका छन ।

    सोमान ल्होछार रमाइलो गर्नका लागि मात्र नभई तामाङ जातिले तामाङ भाषा, संस्कार संस्कृति, भेषभुषा संरक्षण गर्दै भाबी पुस्तालाइ ती कुराहरु हस्तान्तरण गर्ने अभियानको रुपमा पनि मनाउने गरेको आयोजकले बताएको छ। पछिल्लो समयमा ल्होछारलाइ भड्किलो बनाउने विभिन्न पश्चिमा संस्कृती मिसावट गर्ने जस्ता कुराहरुलाइ पन्छाउँदै विशुद्ध तामाङ जातिको चेतनात्मक, शैक्षिक, राजनैनिक र सामाजिक बिकासको समेत अभियानको रुपमा सोनाम ल्होछार मनाउने गरिएको पाइन्छ । यसपटक नेपाल तामाङ घेदुङले संघीय कार्यलय खरिद गर्ने अभियान नै बनाएको छ । त्यसैले यसपालिको ल्होछारको नारा "सोनाम ल्होछार-२८५९ लाई भव्य रुपले सफल पारौँ। ग्रेन गे दिम खरिदको आर्थिक अभियानलाइ पूरा गरौं।" नारा नै राखेको छ। 

    खास गरेर ल्होछारलाइ पनि तीन भागमा विभाजन गरेर मनाइएको पाइन्छ। गुरुङ जातिले "तोला" अर्थात तमु ल्होछार मनाउँछन। तामाङहरुले सोनाम ल्होछार र शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउने गरेको पाइन्छ। १२ बर्षलाइ १२ जीव जन्तुद्वारा संकेत गर्दै हरेक बर्ष एक जीव (वर्ग) बाट अर्को वर्गमा सार्दै त्यसैलाइ नयाँ बर्षको रुपमा मनाउने चाड हो ल्होछार। यसलाइ धेरैले ल्हो भनेको वर्ग अर्थात बर्ष र छार भनेको नयाँ अर्थात नयाँ बर्ष भनेर पनि सम्बोधन गर्ने गरेको पाइन्छ। तर गुरुङ समुदायमा ल्होसार भन्ने गरिन्छ। ल्हो भनेको वर्ग र सार भनेको सार्नु ल्हो लाई अर्को ल्होमा सार्नु भन्ने अर्थमा गुरुङ जातिले मनाउने गरेको छ। 

    यसपालिको तवार ल्हो सोनाम ल्होछारलाई विशेष बनाउन नेपालबाट अतिथि कलाकारको रुपमा अहिले टिकटक तथा यु ट्युबमा निक्कै चर्चित गीत "माया भन्दा ठूलो जात होइन, मलाइ त त्यस्तो लाग्दैन। मायाले बाधौँ तिमि र म समाजले केही गर्न सक्दैन।"  लगाएत अन्य अत्यन्तै चर्चित गीतका गायक सर्जक विश्व दोङ लाई कुवेतमा आमन्त्रण गरेको छ। उनले गीतबाटै समाजलाई छुवाछूत, सामन्त तथा भेदभाव मुक्त बनाउनुपर्ने शन्देश दिइरहेका हुन्छन। 

    आगामी ३ फेब्रुअरीका दिन कुवेतमा रहनुहुने सबै नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्तिथित हुनुभइ भरपुर मनोरञ्जन लिनुहुन आयोजक कमिटिले हार्दिक अनुरोध गरेका छन।

    कार्यक्रम हुने 
    स्थान: सेन्ट्राल इङ्लिश स्कुल जिलिव
    समय: बिहान ११ बजेदेखी
    मिति: ३ फेब्रुअरी २०२३

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology