Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्ध, पसलभित्र चुरोट देखाउन नपाइने

सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्ध, पसलभित्र चुरोट देखाउन नपाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७९ बिहिवार • १०:३२:४५ बजे
  • 625
    SHARES
  • सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्ध, पसलभित्र चुरोट देखाउन नपाइने

    सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाउन मेक्सिकोले कठोर कानुन कार्यान्वयनमा ल्याएको छ ।मेक्सिकोले सन् २००८ मा बार, रेस्टुराँ र कार्यस्थलमा धूमपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने कानुन ल्याएको थियो ।

    images

    अहिले त्यसलाई सबै खालको सार्वजनिक क्षेत्रमा धूमपान गर्न नमिल्ने भनेर विस्तार गरिएको बिबीसीले जनाएको छ । त्यसमा पार्क, समुद्री तट, होटेल, कार्यालय र रेस्टुराँहरू पर्छन् ।

    सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ । अर्थात् पसलभित्र चुरोट देखाउन पाइने छैन । सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएको हो ।

    नयाँ कानुन अनुसार अब धूमपान गर्ने व्यक्तिले या त आफ्नो घरभित्र वा अरू निजी परिसरमा मात्रै चुरोट पिउन सक्नेछन् ।

    कैयौँ अरू ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाए पनि मेक्सिकोले लगाएको धूमपान विरोधी कानुनलाई विश्वकै सबैभन्दा कठोर कानुनका रूपमा लिइएको छ ।

    कानुनमा भेप र इ–सिगरेटहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology