Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको तेश्रो अधिवेशन मार्च १७ मा हुने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको तेश्रो अधिवेशन मार्च १७ मा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ ६, २०७९ शुक्रवार • २१:५४:०० बजे
  • 2.0K
    SHARES
  • म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको तेश्रो अधिवेशन मार्च १७ मा हुने

    कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव आगामी मार्च १७ तारिख हुने भएको छ ।

    images

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको आज बसेको बैकले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव   र विविध सांस्कृतिक कार्यक्रम आगामी मार्च १७ तारिखमा गर्ने निर्यण गरेको अध्यक्ष मान बहादुर फागामीले जानकारी दिएका छन । 

    म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत म्याग्देलीहरुको साझा सस्था मोना कुवेतको स्थापना सन् २०१८ मा भएको हो । 'प्रवासी म्याग्देलीहरुको भावना समृद्ध म्याग्दी हाम्रो चाहना' भन्ने मुल नाराका साथ स्थापना भएको मोना कुवेतले उल्लेखनीय मानवीय सेवाका कार्यहरु गर्दै आएको छ ।

    कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई अधिवेशन समारोहमा उपस्थित भई  कार्यक्रमको शोभा बढाईदिनको निम्ति मोना कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology