Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली परोपकार समाज कुवेतको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारण सभा सम्पन्न

नेपाली परोपकार समाज कुवेतको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारण सभा सम्पन्न

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ ६, २०७९ शुक्रवार • २२:३५:२१ बजे
  • 1.0K
    SHARES
  • नेपाली परोपकार समाज कुवेतको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारण सभा  सम्पन्न

    कुवेत- नेपाली परोपकार समाजको (NFH) दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारण सभा सम्पन्न भएको छ ।

    images

    कुवेत स्थित फाहहिलको विश्व अन्तर्राष्ट्रिय नेपाली रेस्टुरेन्टमा जनवरी १९ बिहिबार दिन दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारण सभा सम्पन्न भएको हो । समाजका  अध्यक्ष धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  नेपाली दुताबास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी प्रधान र कार्यक्रम संचालन महासचिव कृष्णबहादुर भुजेलले गरेका थिए । प्रमुख अतिथि राजदूतले  शुभकामना मन्तब्य दिदै संस्थाको नामै परोपकारी भएकोले काम पनि उत्तिकै राम्रो गरेको रहेछ भन्दै सस्थाको  खुलेर नै प्रशंसा गरेका थिए । साथै  परोपकारी संस्थाहरुले गर्दै आएको सकारात्मक कार्यमा  नेपाली दूतावास कुवेतको सधै साथ र सहयोग रहने समेत बताए । 

    त्यसैगरि  कार्यक्रममा  गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्षमा उमेस पुडासैनी,  माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष आनन्द श्रेष्ठ,  नेपाल पत्रकार महासंघ  बैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थी, हिमाली संचारका  हरि बानिया लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
    सस्थाको गतिबिधिको बारे  कोषाध्यक्ष कृष्ण बहादुर हमाल र गकुल महतले जानकारी गराएका  थिए । परोपकारी समाजमा आवद्द हुनुको कारण बारेमा सदस्य  गङ्गा भट्टराई सुबेदीले प्रस्ट पारेकी थिइन् ।

    समाजले  प्रमुख अतिथि महामहिम दुर्गाप्रसाद भण्डारीलाई मायाको चिनोस्वरुप गौतम बुद्धको मूर्ति प्रदान गरेको थियो । सस्थाका  सदस्यहरुमा केन्द्रित  लक्की ड्रको भाग्यमानि बिजेता आनन्द तेन्डुलकार बनेका थिए । सस्थामा आबद् सदस्यहरुलाई  बार्षिक बोनस समेत वितरण गरिएको थियो। कोभिड १९ को महामारीले विश्व आतंकित भईरहेको बेला प्रवासमा बस्ने धेरै नेपाली दाजुभाई दिदीबहिनिहरु पनि सो प्रकोपबाट ग्रसित भईरहेको अवस्थामा कुवेतमा रहनुभएका प्रवासी नेपाली परोपकारी मनहरु मिलेर नेपाली परोपकार समाज सन् २०२० मा कुवेतमा धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा स्थापना भएको हो ।

    नेपाल, कुवेत, साउदी र केही युरोपियन देशमा कार्यरत नेपाली दाजुभाईहरु मिलेर आफ्नो सिप र कला र आर्जनलाई आफ्नै देशमै लगानी गर्ने र त्यसबाट आएको मुनाफाको हिष्सालाई मानव परोपकार कार्यमा लगाउने उदेश्यले स्थापना भएको सो समाजले परोपकार कार्यमा ठुलो योगदान दिदै आईरहेको बताए । प्रवासमा अलपत्र परेका आफ्ना नेपाली नागरिकहरुको उद्दार र राहत कार्यहरुमा नेपाली दूतावास, गैर आवासीय नेपाली संघ, नेपाली संघ र कुवेतमा विध्यमान बिभिन्न संघ संथाहरुसंग सहकार्य गर्दै परोपकारी कार्यमा टेवा दिदै आईरहेको छ।

    हाल कुवेत नेपाल र युरोपियन देशमा कार्यरत २०० भन्दा बढी नेपालीहरु समाजसंग आवद्द छन् । भविष्यमा सिपमुलक प्रवासी नेपालीहरुको शिप र लगानीमा स्वदेशमै उद्योग कलकारखाना र आयमुलक व्यावसाय गर्ने र विदेशबाट फर्कने दाजुभाई दिदीबहिनिहरुलाई स्वदेशमै रोजगारको अवसर प्रदान गर्ने उदेश्य लिएको छ। 

    कार्यक्रमको अन्तमा संस्थाको अध्यक्ष धिरेन्द्र राज सुवेदीले कार्यक्रम समापन गरेका थिए।कार्यक्रममा उपस्थित सबैजनालाई खानपिनको व्यवस्था समेत गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology