Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२६ वर्षीय युवा व्यवसायीको आत्मदाहले जन्माएको त्यो अरब विद्रोह

२६ वर्षीय युवा व्यवसायीको आत्मदाहले जन्माएको त्यो अरब विद्रोह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७९ बिहिवार • १०:५९:१४ बजे
  • 733
    SHARES
  • २६ वर्षीय युवा व्यवसायीको आत्मदाहले जन्माएको त्यो अरब विद्रोह

    मंगलबार इलामका प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए ।

    images

    ३६ वर्षीय आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका हुन् । लगत्तै उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइयो । तर, उपचारको क्रममा बुधबार बिहान उनको मृत्यु भयो ।

    आफूले गरेको कर्मबाट केही उपलब्धि हात पार्न नसकेको भन्दै नयाँ सरकारका केही प्रतिनिधिलाई सम्बोधन नै गरेर उनले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेका थिए ।


    जाँदाजाँदै उनले आफ्नो आत्मवृत्तान्त र असफलताको कथा लेखेको भन्दै नागरिकसँग जोडिएका विभिन्न सवालबारे ६ हजार ५ सय शब्दको स्टाटस लेखेर सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

    प्रेम आत्मदाह घटनाले १२ वर्षअघि भएको इतिहासको एउटा घटनाको अहिले व्यापक चर्चा भइरहेको छ । जसको आत्मदाहले अरब विद्रोह सुरु भएको थियो ।

    के थियो घटना ?

    ट्यूनीशियाको सिदी बुजिद भन्ने सहरमा एक मोहम्मद बौजÞीजÞी नाम गरेका युवा सडक व्यापारी थिए । उनले सडक पेटीमा ठेलामा फलफूल राखेर बेच्ने गर्दथे ।

    पिताको देहान्तपछि परिवारका आठ सदस्यको जिम्मेवारी २६ वषीय बौजीजीको काँधमा आएको थियो । त्यहाँको सरकारले सडक व्यापारीलाई दमन गर्दै आएको थियो । त्यस्तै भयो सन् २०१० दिसेम्बर १७ मा ।

    बौउजीजी बिहान १० बजे आफ्नो फलफूलको ठेला लिएर व्यापार गर्न हिँडे, उनीसँग लाइसेन्स थिएन । तर प्रहरीले लगत्तै दमन सुरु ग¥यो । प्रहरी अधिकारीले फादिया हमदीले उनको ठेला अवरुद्ध गरे, फलफूलको कार्टुन प्रहरीको भ्यानमा राखे ।

    त्यसपछि पुनः फलफूल जफत गर्न ती अधिकारी ठेलामा आए । बौउजीजीले प्रतिकार गर्दा प्रहरी अधिकारीले उनलाई खुला सडकमै भुइँमा पछारी कुटे । उक्त घटनाबाट अपमानित बौउजीजी प्रहरी प्रशासनमा धाए, सहयोगका लागि हात जोडे । तर उनको पुकार कसैले सुनेन । ‘जे भयो बिर्सिदेउ, घर जाउ’को जवाफ पाएपछि उनले मृत्युको बाटो राजे ।

    उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरे । घटनाको भिडियो भाइरल भयो । स्थानीय हुँदै राष्ट्रिय रुपमा हजारौं नागरिक राज्यविरुद्ध आन्दोलनमा उत्रिए ।

    आन्दोलन चर्किएपछि शासक बनेर राज गरिरहेका राष्ट्रपति बेन अलीले २८ डिसेम्बरमा अस्पताल पुगेर बौउजीजीको परिवारलाई सान्त्वना दिए । तरपनि आन्दोलन रोकिएन ।

    ४ जनवरीमा बौउजीजीको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो । राजनीतिक आन्दोलनले २३ वर्षदेखि निरंकुश सत्ता चलाउँदै आएका राष्ट्रपति जिन अल अविदिन बिनलाई सतता छाडेर भाग्न बाध्य बनायो ।

    उनी ज्यान जोगाउन भागेर अरब पुगे । ‘एउटै आगोको झिल्कोले जङ्गलमा आगो लगाउन सक्छ,’ भनेजस्तै ट्युनिसियाबाट बौजीजीले सुरु गरेको बिद्रोहको प्रभाव अन्य देशमा पनि पर्यो ।

    ट्युनिसियाबाट फैलिएको आन्दोलन बहराइन, सिरिया, अल्जेरिया, इराक, सुडान, कुवेत, मोरक्को, इजरायल, ओमान, साउदी अरबलगायत देशहरुसम्म फैलिएको थियो । धेरै देशमा सरकारको नेतृत्व गरिरहेका शासक सत्ताच्यूत भएका थिए ।

    इजिप्टमा ३२ वर्षदेखि शासन गर्दै आएका राष्ट्रपति होस्नी मुबारक सत्ताच्यूत भए । उक्त आन्दोलनको आगो फैलिँदै लिबिया पुग्यो । ३२ वर्षदेखि एकलौटी शासन चलाउँदै आएका कर्णेल गद्दाफीलाई पनि त्यहाँका जनताले घुँडा टेकाए । त्यहाँको आन्दोलन करिब ९ महिना चलेको थियो भने ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology