Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमानमा मानव तस्करबाट पीडित भए के गर्ने ?

ओमानमा मानव तस्करबाट पीडित भए के गर्ने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७९ शुक्रवार • १२:५३:२० बजे
  • 676
    SHARES
  • ओमानमा मानव तस्करबाट पीडित भए के गर्ने ?

     ओमानमा मानव तस्करबाट पीडित हुने थुप्रै नेपालीहरू छन् । उनीहरूले ओमानमा रहेको नेपाली राजदूतावासलाई आफू समस्यामा परेकोबारे जानकारी गराउने गरेका छन् । सम्झौताअनुसार काम नदिने, सेवा सुविधा नदिने, अनावश्यक रूपमा काममा लगाउने जस्ता समस्या ओमानका रोजगारदाताबाट हुने गरेका छन् । दूतावासले यस्तो समस्या परेको खण्डमा ओमान प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । 

    images

    त्यसका लागि ओमान प्रहरीको ८००७७४४४ नम्बरमा निःशुल्क फोन गर्न सकिने दूतावासले जनाएको छ । फोन गर्दा कर्मचारीहरू अंग्रेजी र अरबिक दुवै भाषा बोल्न सक्ने छन् । यदि तपाईं अरबिक वा अंग्रेजी बोल्न जान्नु हुन्न भने जान्ने मान्छेलाई अनुरोध गर्न सकिने दूतावासले जनाएको छ । 


    यी मध्ये कुनै समस्याबाट पीडित हुनु भएको छ ?


    – मेरो पासपोर्ट म सँग छैन ।
    – मैले पाउने तलब सुविधा सम्झौता–पत्रमा उल्लेख गरिए भन्दा कम छ ।
    – मलाई बिना अतिरिक्त पारिश्रामिक सम्झौता–पत्रमा तोकिएको भन्दा बढी समय काम गर्न बाध्य पारिएको छ ।
    –मलाई साप्ताहिक विदा दिईदैन र साप्ताहिक विदाको दिनमा काम गरे बापत क्षतिपुर्ति÷अतिरिक्त्त पारिश्रमिक पनि दिईदैन ।
    – मेरो रोजगारदाताले मलाई भिसा प्रदान गरेबापत उसलाई मैले पैसा तिर्नुपर्ने बताउँछ ।
    – मेरो रोजगारदाताले मलाई आवास, उपचार खर्च र खाना दिए बापत उसलाई पैसा तिर्नुपर्ने बताउँछ ।
    – मलाई यस मुलुकमा ल्याए बापत मैले मेरो स्पोन्सर वा मलाई काम दिने एजेन्सीलाई पैसा तिर्नुपर्छ ।
    – यदि मैले मेरो कामको अवस्थाबारे यहाँको प्रहरी वा श्रम मन्त्रालयमा कुनै उजुरी गरेमा मेरो रोजगारदाताले मलाई यो देशबाट निकाला गर्ने धम्की दिएको छ ।
    – काम गर्ने स्थानमा घरपरिवारका सदस्यहरूद्वारा मलाई शारीरिक दुव्र्यवहार गरिनुका साथै अनुचित तरिकाले संवेदनशील अंगहरूमा स्पर्श गरिन्छ ।
    – मेरो रोजगारदाताले मलाई कुटपिट गर्छ ।
    – म माथि हिंसाको धम्की दिईन्छ ।
    – मलाई पुरूषहरूसँग शारीरिक सम्पर्क गर्न बाध्य पारिन्छ ।
    – म यहाँ छोडेर नेपाल फर्कन चाहन्छु तर, मेरो रोजगारदाताले मलाई जान दिंदैन।

    यदि माथि उल्लेखित कार्यहरु तपाईंले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा भोग्नु भएको छ भने तपाई मानव बेचबिखन÷तस्करीबाट पीडित भएको हुने दूतावासले जनाएको छ । दूतावासले तपाई अपराधी नभई पीडित भएको भन्दै तत्काल प्रहरी समक्ष सम्पर्क गर्न अनुरोध गरेको छ । रोयल ओमानी प्रहरी तपाईंको मद्दत गर्न तयार रहने दूतावासको भनाई छ । 

    प्रहरीले आफ्ना कर्मचारीलाई यस्ता पीडितहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा तालिम दिएको हुन्छ । उनीहरूले तपाईंलाई तपाईंको रोजगारदाताबाट बचाउन सक्ने र तपाईंको दुःखद अवस्थाको अन्त्य गर्न सक्ने दूतावासको भनाइ छ । 
    यदि तपाईंलाई हिँडडुल गर्न दिइन्छ भने नजिकैको रोयल ओमान प्रहरीको कार्यालयमा गएर तपाईंको समस्या राख्नुपर्नेछ । यदि तपाईं आफैं प्रहरीकोमा जान सक्नुहुन्न भने तपाईं आफ्नो साथीभाइको मद्दतले आफ्नो समस्या प्रहरीकोमा पु¥याउन सक्नुहुनेछ ।  

    रोयल ओमानी प्रहरीले तपाईंको उजुरीको छानबिन गर्नेछन् । तपाईंको सुरक्षा तथा हितको लागि तपाईंलाई विशेष सुरक्षा गृहमा राख्न सकिने छ । सहयोगी कर्मचारीहरूले तपाईंको सुरक्षा, औषधि उपचार लगायत अन्य आवश्यकताहरूको ख्याल गर्नेछन् । यी सबै सेवाहरू निःशुल्क हुने छन् ।  

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology