Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यूएईमा एक नेपालीले जिते ८१ करोडको चिठ्ठा

यूएईमा एक नेपालीले जिते ८१ करोडको चिठ्ठा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७९ शनिवार • ०९:५३:२१ बजे
  • 568
    SHARES
  • यूएईमा एक नेपालीले जिते ८१ करोडको चिठ्ठा

    कतारमा रहेका एक प्रवासी नेपालीले युएईको अबुधाबी ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८१ करोड भन्दा बढी नेपाली रुपैया जितेका छन् ।

    images

    कतारको एक मनि एक्सचेन्जमा काम गर्ने रणजित पालले गएराति भएको लक्की ड्रमा उक्त रकम जितेको गल्फ न्यूजले जनाएको छ । पालले जनवरी १६ मा २३२९३६ नम्बरको विजयी टिकट किनेका थिए ।

    पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए । बुधाबीमा रहेको बिग टिकट ड्रले आफ्नो वर्षको पहिलो प्रवर्द्धनमा २ करोड ३० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

    ठूला टिकटका ग्राहकहरू पनि साप्ताहिक इलेक्ट्रोनिक ड्रमा स्वतः सहभागी हुन पाउने थिए । उक्त पुरस्कारका अतिरिक्त, दोस्रो पुरस्कार दश लाख दिराम, र तेस्रो पुरस्कार १ लाख र चौथो पुरस्कार ५० हजार घोषणा गरिएको छ ।

    मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्।

  • सम्बन्धित विषय:

  • # ८१ करोडको चिठ्ठा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology