Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतमा २८५९ औं सोनाम ल्होछार मनाईयो 

कुवेतमा २८५९ औं सोनाम ल्होछार मनाईयो 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७९ शनिवार • १९:५९:२५ बजे
  • 688
    SHARES
  • कुवेतमा २८५९ औं सोनाम ल्होछार मनाईयो 

    कुवेत -  नेपाल तामाङ घेदुङ कुवेतको आयोजनमा तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार भव्यताका साथ मनाएको छ ।

    images

    नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा ३ फेब्रुअरी शुक्रवारको दिन कुवेतको जिलिवस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाईएको हो ।ॐ माने पेमे होमको मुटु छुने धुनमा लामा गुरुहरु बाट बुद्ध धर्म सम्बन्धी पाठ पूजाआर्चना गरी  कार्यक्रमको शुरुवात गरिएको थियो ।

    कार्यक्रममा नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नाराण घलान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी रहेका थिए । त्यसैगरी अतिथिमा कुबेतमा स्थापना भएका विभिन्न  नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि र पत्रकारको आतिथ्यता रहेको थियो । प्रमुख अतिथि र सभापति लगायतले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । संस्थाका सदस्य कलाकार तृष्णा तमाङले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए। भने संस्थाका सल्हाकार केशर घलान तामाङ र कार्यक्रम संयोजक नेपाल तामाङ सँस्कृती घेदुङ कुवेतका अध्यक्ष हिमाल लामाले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।

    प्रमुख अतिथि  दुर्गाप्रसाद भण्डारीले सोनाम ल्होछार तामाङ समुदायको मात्रै नभएर सिंगो नेपालीको राष्ट्रिय पर्व भएको र यस पर्वले राष्ट्रिय एकता र सद्भावको सन्देश दिएको भन्दै प्रवासको भूमिमा रहेर पनि आफ्नो संस्कृतीको जगेर्ना गर्न निरन्तर लागि परेकोमा आयोजकलाई बधाइ तथा शुभकमना दिएका थिए। एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वोज लामा, आदिवासी जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तामाङ, गैरआवासीय नेपाली संघ, आइसीसी सदस्य- हरि लावती/माधब पौडेल, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष राज मल्ल, नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष चन्द्र तमाङ, नेपाली समाज कुबेत का धुर्ब कुमार सङ्ग्रौला लगायतले  ल्होछारको शुभकामना मन्तव्य दिएका थिए ।

    TK2.jpeg

    कार्यक्रममा  तामाङ  पहिचान र मौलिकता झल्काउने खालका सेलो नाँच, डाँम्फ नाँच, म्हेन्दो माया नाँच युगल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगितकार आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा विदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक विश्व दोङ तामाङले आफनो नयाँ पुराना दर्जन भन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

    TK3.jpeg

    अन्त्यमा नेपालबाट आमन्त्रित कलाकार विश्व दोङ लाई मायाको चिनो सहित  सम्मान  गरिएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष नाराण घलानले सोनाम ल्होछार कायर्क्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग गर्ने विभिन्न संघ-संस्थाहरु, संघ-संस्थाका प्रतिनिधीहरु, विशिष्ट व्यक्तित्वहरु, नेपालबाट आमन्त्रित कलाकार,  पत्रकार लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनिलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # सोनाम ल्होछार मनाईयो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology