Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तमू समाज कुवेतको पहलमा दुई जना नेपालीलाई रगत उपलब्ध

तमू समाज कुवेतको पहलमा दुई जना नेपालीलाई रगत उपलब्ध

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ २२, २०७९ आइतवार • १९:२०:५३ बजे
  • 1.6K
    SHARES
  • तमू समाज कुवेतको पहलमा दुई जना नेपालीलाई रगत उपलब्ध

    कुवेत - तमू समाज कुवेतको पहलमा  कुवेतको अस्पतालमा उपचाररत दुई जना नेपाली महिलालाई रगत उपलब्ध गराईएको छ ।

    images

    कुवेतको आदान अस्पतालमा मुटु सम्बन्धि रोगको उपचाररत अन्जना लिम्बु र सबाह मेटर्निटी अस्पतालमा उपचाररत निर्मला गुरुङलाई रगत उपलब्ध गराएको हो । बिरामीको उपचारको क्रममा शल्यक्रिया गर्न रगतको आवश्यकता परेकाले तमू समाजका पुर्ब अध्यक्ष तथा वरिष्ठ सल्लाहकार खोप गुरुङ्को पहलमा ब्लड बैंक कुवेतसंग समन्वय गरि माग भए बमोजिमको रगत उपलब्ध गराईएको छ । 

    दुबै जना बिरामीको रगत उपलब्ध गराएपछि शल्यक्रिया पनि सफल भएको खोप गुरुङले जानकारी दिएका छन । तमू समाज कुवेतले १९ जना भन्दा बढी बिरामीलाई ब्लड उपलब्ध गराउन समन्वय गरिसकेको  छ । कुवेतमा कार्यरत रही बिरामी परेको अवस्थामा रगतको आवश्यकता परे समू समाज कुवेतलाई जानकारी गराउन समेत समाजले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology