Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७९ सोमवार • १०:११:५६ बजे
  • 514
    SHARES
  • कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो ।

    images

    कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।

    थापालाई उनका ४३ वर्षीया आमाले मिर्गौला दान गरेका हुन् । प्रत्यारोपण कार्यमा काठमाडौँ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ ।

    शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि विसं २०७८ चैत १० गते सम्झौता गरेका थिए ।

    केन्द्रबाट डा रविकिरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिस्ट डा सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा सुमित आचार्य, डा दीपा लामिछाने र रेडियोलोजिस्ट डा समीर दवाडी संलग्न थिए ।

    त्यस्तै, सुर्खेत अस्पतालबाट डा पूजन बल्ल, डा जनी बज्राचार्य, फिजिसियन डा कुलराज शाही, ओटी इन्चार्ज प्रभा रावल तथा ओटी र आइसियुमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायत कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मिर्गौला प्रत्यारोपण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology