Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साउदीबाट विदामा आएका नेपाली कामदार फर्किन पाउने

साउदीबाट विदामा आएका नेपाली कामदार फर्किन पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • ०७:२७:५२ बजे
  • 1.3K
    SHARES
  • साउदीबाट विदामा आएका नेपाली कामदार फर्किन पाउने
    साउदी अरबबाट विदामा नेपाल आएर रोकिएका कामदार साउदी फर्कन पाउने भएका छन् । साउदीस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै यही सेप्टेम्बर १५ बाट लागू हुने गरी भीसाको म्याद भएका आप्रवासी कामदार र अन्य नागरिकहरु तोकिएका मापदण्ड पूरा गरेर साउदी अरब फर्किन सक्ने पाउने भएको जानकारी दिएको हो ।
    विदा तथा पुनः आगमन भीसामा स्वदेश गएका नेपाली प्रकृया पूरा गरी साउदी अरब फर्कन पाइने भएको दूतावासले स्पष्ट पारेको छ । विदाबाट फर्किने वा पुन आगमन भीषमा गएकाहरुले आफनो कम्पनीले आउन अनुमति दिएको कागजात नो अब्जेक्शन लेटर अनिवार्य रुपमा प्राप्त गर्नु पर्नेछ । कम्पनीले आउने अनुमति नदिदासम्म रि इन्ट्री भिसा भएकै आधारमा यात्रा नगर्न दूतावासले अनुरोध गरेको छ ।
    बिदाबाट फर्किने वा पुनः आगमन भिसा गएका तर नेपाल सरकार वैदेशिक रोजगार कार्यालयले प्रदान गरेको श्रम स्वीकृतिको म्याद सकिन लागेकाहरुले श्रम स्वीकृत लिएर आउन दूतावासको अनुरोध छ । यसका लागि रोजगारदाता कम्पनीले अनुमति दिएको कागजात नो अब्जेक्शन लेटर उक्त कम्पनीले आफनो आधिकारिक इमेलबाट वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनुपर्नेछ ।
    कागजात र प्रक्रिया पूरा गरेका नेपालीहरुले साउदी अरब आइपुग्ने अवधिको ४८ घण्टा भित्रको समय रहने गरी नेपाल सरकारको अनुमति प्राप्त स्वास्थ्य मन्त्रालय संस्था वा प्रयोगशालाबाट पिसीआर परीक्षण गरी परीक्षण रिर्पोट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य बोडिङको समय र साउदी विमानस्थलमा आगमनका समयमा देखाउनु पर्ने छ । (गोरखापत्र)

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology