Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुरूषले साँचो माया गरेको कसरी थाहा पाउने ?

पुरूषले साँचो माया गरेको कसरी थाहा पाउने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७९ बुधवार • १०:३३:५२ बजे
  • 559
    SHARES
  • पुरूषले साँचो माया गरेको कसरी थाहा पाउने ?

     भनिन्छ– ‘प्रेमको कुनै भाषा हुँदैन । प्रेममा नै संसार अडेको छ ।’ साँचो माया त्यही हो– जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ ।

    images

    भन्छन् प्रायः पुरुषहरुको धारणा महिलाहरुसँग मोजमस्ती गर्ने, जिस्कने, उपयोग गर्ने र छोड्ने हुन्छ । कुनै पनि महिलाले आफूलाई प्रयोग गरेको सहन सक्दिनन् । त्यसैले पुरुषले महिलालाई साँचो प्रेम गरेको हो कि नाटक मात्र गरेको हो त भन्ने कुरा थाहा पाउन अत्यन्तै जरुरी हुन्छ । जब तपाईं कसैलाई प्रेम गर्नुहुन्छ, प्रेम आँखामा मात्र नभएर शरीरको हाउभाउ पनि फरक हुन्छ ।

    कतिपय व्यक्ति त यस्ता हुन्छन् जसले मुखबाट प्रेम प्रकट गर्न सक्दैनन् तर उनीहरुको शारीरिक हाउभाउले सबै देखाइरहेको हुन्छ । यस्तो अवस्थामा तपाईं उसको हाउभाउलाई ध्यान दिएर पनि प्रेम गर्नेबारे पत्ता लगाउन सक्नुहुन्छ ।


    अनुहारमा मुस्कान आउनु
    जब पुरुषले कोही महिलालाई प्रेम गर्छ भने उसले महिलालाई आफ्नो अगाडि देखेर मन प्रसन्न भएको अनुभव गर्छ । यस्तो अवस्थामा उसले नचाहँदा नचाँहदै पनि उसको मुहारमा मुस्कान आइहाल्छ । यस्तो खालको मुस्कान मनभित्रैदेखि आएको हुन्छ, जो नक्कली हुँदैन, जसलाई कसैले पनि बुझ्न सक्छ ।

    आँखा जुध्नु


    जब कोही व्यक्तिलाई अन्य व्यक्तिप्रति मनमा प्रेमको भावना छ भने उसले जतिबेलै उसैलाई हेरिरहन चाहन्छ । यदी ऊ तपाईंसँग कुरा गर्दा तपाईंको आँखामा मात्र हेरिरहन्छ र नजिकैबाट हिँडिरहेको बेला तपाईंलाई नजिकबाट निहारिरहेको हुन्छ भने बुझ्नुस् उसले तपाईंलाई प्रेम गर्छ ।

    तपाईंलाई पुरै ध्यान दिनु


    प्रायः पुरुषहरु महिलाको कुराप्रति त्यति ध्यान नै दिँदैनन् । यदी उनीहरु कुनै बेला कुरा गर्दा पनि छुट्टै फोन वा अन्तै ध्यान दिइरहेका हुन्छन् । तर त्यही पुरुषले यदी कोही महिलालाई मन पराउँछ भने उसको हरेक कुरामा ध्यान दिइरहेको हुन्छ ।

    यस्तो स्थितिमा पुरुषले उक्त महिलाको हरेक कुरालाई एकदमै गहिरोसँग ध्यानपूर्वक सुन्छ । अझ यस्तो अवस्थामा ऊ आफू नबोलेरै जतिबेला पनि महिलाको कुरा मात्र सुनिरहन चाहन्छ । तपाईंसँग धेरै समय बिताउनका लागि उसले यसो गरिरहेको हुन्छ ।

    तपाईंको सुरक्षा गर्नु


    यो पनि एउटा शारीरिक हाउभाउको प्रकारको हो जसले कुनै पुरुषले महिलालाई मन पराउँछ भनेर थाहा पाउन सकिन्छ । कुनै पनि पुरुषले आफूले मन पराएको मान्छेको हरेक समय सुरक्षा गरिरहेको हुन्छ । सानो सानो समस्यामा पनि ऊ अघिपछि घुमिरहेको छ भने तपाईंलाई सुरक्षा दिइरहेको छ भने तपाईं आफै बुझ्न सक्नुहुन्छ ।

    स्पर्श गर्नु


    स्पर्श पनि प्रेमको एउटा अनुभूति हो । जब पुरुषले कोही महिलालाई मन पराउँछ भने ऊ महिलाको नजिक जाने कोसिस गर्छ । नराम्रो तरिकाले भन्दा पनि ऊ प्रेमपूर्वक महिलालाई छुन तथा छुन पाए हुन्थ्यो जस्तो अनुभूति प्रकट गर्छ । उसले यदी महिलाको तर्फबाट पनि सकारात्मक खालको भावना पायो भने त झनै प्रेमको कुरालाई अघि बढाउन उसले स्पर्श गर्ने खालका क्रियाकलाप अगाडि बढाउँछ । तर उसले छुने तरिकामा मात्र प्रेम हुन्छ, कुनै पनि गलत इच्छा हुँदैन ।

  • सम्बन्धित विषय:

  • # पुरूषले साँचो माया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology